भ्रातृत्वको सन्देश बोकेर भारतीय साइकल यात्री नेपालगञ्जमा « Khabarhub

भ्रातृत्वको सन्देश बोकेर भारतीय साइकल यात्री नेपालगञ्जमा


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- नेपाल–भारतबीच जनस्तरबाट भ्रातृत्वको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य बोकेर भरतीय साइकल यात्री रामप्रसाद नस्कर नेपालगञ्ज आइपुगेका छन् ।

आइतबार नेपालगञ्ज आइपुगेका उनी २६ दिनअघि भारतको कलकत्ताबाट साइकल यात्रामा निस्केका हुन् ।

गत ३० सेप्टेम्बर २०२१ मा भारतको वेस्टबंगाल कलकत्तास्थित शुभाषग्रामबाट नेपाल यात्रा सुरु गरेका उनी पेसाले भूगोलका  शिक्षक हुन् ।

कोरोनाको कारण आह्वान गरिएको लकडाउनले गर्दा विद्यालय बन्द भएपछि समयको सदुपयोग गर्दै जनस्तरबाट भ्रातृत्वको सन्देश लिएर पूर्वी नेपालको काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेको उनी बताउँछन् । काँकडभिट्टा प्रवेश गरेको २६ दिनमा उनी नेपालगञ्ज आइपुगेका हुन् ।

‘भ्रातृत्वको सम्बन्ध स्थापनाको लागि र नेपालको भौगोलिक अवस्थाबारेमा अध्ययन गर्न साइकलमै नेपाल आएको हुँ’, उनले भने ।  उनी सामान्य साइकलमा आफ्नो एकसरो सामान बोकेर यात्रामा निस्केका छन् ।

साइकलको अगाडि ह्याण्डिलमा नेपाल र भारतको झण्डा राखेका उनले भूगोल पढाउँदै गर्दा उनलाई नेपाल वरपरको भौगोलिक अवस्थाबारे जान्न मन लागेपछि आफूले यो यात्रा सुरु गरेको उनले बताए ।

उनी पूर्वबाट नेपाल प्रवेश गरी महाकालीसम्म पुगेर महेन्द्रनगरेको गड्डाचौकी हुँदै भारत प्रवेश गर्ने योजना रहेको बताए ।

उनी नेपालका सातवटै प्रदेशको राजधानी तथा प्रमुख शहरमा पुग्ने उद्देश्यअनुरुप विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, काठमाडौँ, मुग्लिन, पोखरा, नारायणघाट, बुटवल, भालुवाङ हुँदै कोहलपुर, नेपालगञ्ज आइपुगेको बताउँछन् ।

नेपाल प्रवेश गर्दा काँकडभिट्टाको सीमामा केही दु:ख पाए पनि यात्रा सुखद भएको उनी बताउँछन् । दिनभरी साइकलमा यात्रा गर्ने उनी साँझ परेपछि पाटी पौवा तथा सार्वजनिक स्थलमा आश्रय लिने गरेको बताए ।

बदलिँदो भौगोलिक परिवेशबारे चिन्ता व्यक्त गर्दै व्यक्ति र वातावरण दुवैका लागि साइकल पर्यावरणमैत्री भएकोले साइकल यात्राको प्रवर्द्धन गर्नु पनि पनि आफूले साइकल यात्रा सुरु गरेको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ३० बजे

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका