भ्रातृत्वको सन्देश बोकेर भारतीय साइकल यात्री नेपालगञ्जमा « Khabarhub

भ्रातृत्वको सन्देश बोकेर भारतीय साइकल यात्री नेपालगञ्जमा


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- नेपाल–भारतबीच जनस्तरबाट भ्रातृत्वको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य बोकेर भरतीय साइकल यात्री रामप्रसाद नस्कर नेपालगञ्ज आइपुगेका छन् ।

आइतबार नेपालगञ्ज आइपुगेका उनी २६ दिनअघि भारतको कलकत्ताबाट साइकल यात्रामा निस्केका हुन् ।

गत ३० सेप्टेम्बर २०२१ मा भारतको वेस्टबंगाल कलकत्तास्थित शुभाषग्रामबाट नेपाल यात्रा सुरु गरेका उनी पेसाले भूगोलका  शिक्षक हुन् ।

कोरोनाको कारण आह्वान गरिएको लकडाउनले गर्दा विद्यालय बन्द भएपछि समयको सदुपयोग गर्दै जनस्तरबाट भ्रातृत्वको सन्देश लिएर पूर्वी नेपालको काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेको उनी बताउँछन् । काँकडभिट्टा प्रवेश गरेको २६ दिनमा उनी नेपालगञ्ज आइपुगेका हुन् ।

‘भ्रातृत्वको सम्बन्ध स्थापनाको लागि र नेपालको भौगोलिक अवस्थाबारेमा अध्ययन गर्न साइकलमै नेपाल आएको हुँ’, उनले भने ।  उनी सामान्य साइकलमा आफ्नो एकसरो सामान बोकेर यात्रामा निस्केका छन् ।

साइकलको अगाडि ह्याण्डिलमा नेपाल र भारतको झण्डा राखेका उनले भूगोल पढाउँदै गर्दा उनलाई नेपाल वरपरको भौगोलिक अवस्थाबारे जान्न मन लागेपछि आफूले यो यात्रा सुरु गरेको उनले बताए ।

उनी पूर्वबाट नेपाल प्रवेश गरी महाकालीसम्म पुगेर महेन्द्रनगरेको गड्डाचौकी हुँदै भारत प्रवेश गर्ने योजना रहेको बताए ।

उनी नेपालका सातवटै प्रदेशको राजधानी तथा प्रमुख शहरमा पुग्ने उद्देश्यअनुरुप विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, काठमाडौँ, मुग्लिन, पोखरा, नारायणघाट, बुटवल, भालुवाङ हुँदै कोहलपुर, नेपालगञ्ज आइपुगेको बताउँछन् ।

नेपाल प्रवेश गर्दा काँकडभिट्टाको सीमामा केही दु:ख पाए पनि यात्रा सुखद भएको उनी बताउँछन् । दिनभरी साइकलमा यात्रा गर्ने उनी साँझ परेपछि पाटी पौवा तथा सार्वजनिक स्थलमा आश्रय लिने गरेको बताए ।

बदलिँदो भौगोलिक परिवेशबारे चिन्ता व्यक्त गर्दै व्यक्ति र वातावरण दुवैका लागि साइकल पर्यावरणमैत्री भएकोले साइकल यात्राको प्रवर्द्धन गर्नु पनि पनि आफूले साइकल यात्रा सुरु गरेको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ३० बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ