सिन्धुलीमा युद्ध खिच्दै ‘गोर्खा वारियर २’ | Khabarhub Khabarhub

सिन्धुलीमा युद्ध खिच्दै ‘गोर्खा वारियर २’


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वैशाख अघि ४० प्रतिशत छायांकन पुरा भएको फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायांकन सिन्धुलीबाट सुरु भएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा गरेर छायांकन सुरु गरिएको हो ।

फिल्मका निर्देशक मिलन चाम्स हुन् । उनले सोलुखुम्बुसहित नेपालका केही स्थानमा छायांकन भइसकेको फिल्मको बाँकी दृश्य सिन्धुली र तनहुँमा खिचिने बताए ।

‘सिन्धुलीमा हामी तीन साता सुटिङ गर्नेछौं । यहाँ युद्धलगायतका दृश्यहरु खिचिनेछ’, निर्देशक चाम्सले भने ।

फिल्ममा युद्धको छायांकनका लागि आवश्यक पात्रका रुपमा गत महिना अडिसनबाट ३४ जना कलाकार चयन गरिएको थियो । तीसहित अहिले छायांकनमा मुख्य अभिनेता रितेश चाम्स र बिजय लामा रहेका छन् ।

फिल्ममा रेबिका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, वीरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय रहने छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सह–निर्माताको रुपमा सुरेश राई छन् । फिल्म सन् २०२२ मा रिलिज हुनेछ । फिल्म विदेशका बेलायत, भारत, मलेशियामा छायांकन हुनेछ ।

फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १ : ०१ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र