राप्रपाको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु पारित « Khabarhub

राप्रपाको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु पारित


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न दस्तावेजहरु बिहीबार कार्यसम्पादन समितिको बैठकले पारित गरेको छ ।

त्रय अध्यक्षहरुको उपस्थितिमा भएको केन्द्रीय कार्य सम्पादन समितिको बिहीबार बसेको बैठकले अध्यक्ष पशुपति शमशेर राणाले प्रस्तुत गर्ने सामाजिक कार्यपत्र, अध्यक्ष कमल थापाले प्रस्तुत गर्ने राजनीतिक कार्यपत्र र अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्ने आर्थिक कार्यपत्र परिमार्जनसहित पारित गरेको हो ।

बैठकले विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाले प्रस्तुत गरेको सुझाव पनि परिमार्जनसहित पारित गरेको छ ।

बैठकमा कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आयव्यय विवरण र निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचनसम्बन्धी कामबारे ब्रिफिङ गरेको केन्द्रीय सचिवालयका प्रमुखहरु भास्कर भद्रा र धु्रवबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ७ : ५५ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको