पाँच घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग « Khabarhub

पाँच घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको सडक अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ ।

ट्रकको ठक्करबाट मृत्यु भएकी टिकापुर नगरपालिका–२ की ४० वर्षीया महिलाको शव टिकापुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

‘पाँच घण्टासम्म सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दै बल पूर्वक सडक सुचारु गराइएको छ,’ प्रहरी प्रमुख अधिकारीले भने, ‘महिलाको शव टीकापुर अस्पतालमा राखिएको छ, भोलि थप छलफल हुने छ ।’

बिहीबार दिउँसो १२ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की सडक खण्डमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै आक्रोशित स्थानीयले १२ बजे देखि नै पूर्व(पश्चिम राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए । आन्दोलित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनीसमेत गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ८ : १५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न