जनगणनामा समेटिए राउटे « Khabarhub

जनगणनामा समेटिए राउटे


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समूदायको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणनामा उनीहरूको जनसंख्या घटेको देखाएको छ । राउटे बस्तीमा पुगेर गणना गर्ने गणकहरूका अनुसार राउटेको जनसंख्या १ सय ४५ रहेको छ । अघिल्लो गणनामा १ सय ५० उल्लेख भएको थियो ।

नेपालको २०६८ को जनगणना अनुसार नेपालमा राउटेको संख्या ६ सय १८ रहे पनि ६ सय ५० जना राउटे रहेको हुनसक्ने अनुमान गरिएको तथ्यांक छ । मध्य तथा पश्चिम नेपालमा फिरन्ते जीवन बिताउने राउटेको संख्या एक सय ५० उल्लेख गरिएको छ ।

२०६८ को जनगणना र २०७८को प्रारम्भिक जनगणनालाई तुलना गर्दा पाँच जना राउटेको संख्या घटेको देखिन्छ । प्रारम्भिक जनगणना अनुसार पुरुष ६९ जना र महिला ७६ जना रहेका छन् । १ सय ४५ जनसंख्या र ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।

उनका अनुसार गणक टोलिले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको थियो । पछिल्लो चरणमा मृत्युदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका राउटे अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ कारागाउँ नजिक बस्दै आइरहेका छन् ।

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समूदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्छ ।

यो समूदाय दुई महिना अघिमात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका ११ वालुवासंग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा नम्बर १ घाटगाउँमा बसाइँ सरेको थियो ।

एक सातायता राउटे पुनः नगरको वडा १ नाम्रा हुँदै अहिले वडा नम्बर ३ को काँरागाउँमा बसाइँ सरेका छन् । सोही क्षेत्रमा बसाइँ सरेका राउटेको पनि गणना भएको छ ।

सरकारले भत्ता उपलब्ध गराउँदै आएसँगै उनीहरूको जीवन शैली फेरिएको छ भने समूदायसँग पनि केही नजिक देखिएका छन् । राउटेको संख्यामा बालबालिकाहरू बढी रहेको उनले बताए । उनीहरूले परम्परागतरूपमा निर्माण गर्ने कोसीहरू समेत कम गर्न थालेएको पाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ९ : ४५ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको