महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन | Khabarhub Khabarhub

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ का लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो ।

एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् ।

एन्फा टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) समेत रहेका अस्ट्रेलियन नागरिक ग्यारी हाल एन्फाको प्राविधिक क्षेत्रको कार्यमा व्यस्त छन् । मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि एन्फाले ग्यारीलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो ।

ग्यारीले साउनमा दशरथ रंगशालामा बंगलोदशविरुद्ध भएको दुई मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा नेपाली टोली हेरेका थिए ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त रहेका कारण चेतनलाई महिला टोली हेर्न दिने सम्भावना रहेको बताए । ‘डिसेम्बरसम्म मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त छन् । यसअघि टोली हेरेका चेतनलाई जिम्मेवारी दिने सम्भावना छ,’ तुलाधर भन्छन् ।

एन्फा स्रोतका अनुसार चेतनले विगत तीन दिनदेखि टोलीको नियमित प्रशिक्षण हेरिरहेका छन् । २६ खेलाडी समेटेर चेतनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिक प्रशिक्षण गराइरहेको छन् ।

४ देशको सहभागिता रहने प्रतियोगिता २३ मंसिरबाट पुस ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल सहित आयोजक भारत र थाइल्याण्डको टुंगो लागेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : ४५ बजे

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान सम्पन्न

 काठमाडौं– तराई–मधेशकेन्द्रित दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देहीको सियारीमा

गोकुल बास्कोटाले संसद्‍बाट सोधे- संविधान संशोधन प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं– नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संविधान संशोधनबारे संसद्मा प्रश्न

१३८ वटा कम्पनीको शेयर मूल्य घट्यो, कारोबार आठ अर्ब तल

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा कुल

देव गुरुङले भने- विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुन्छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण

नेपालगञ्ज– बाँकेमा कोटामा पाउने रासायनिक मलको अभाव भएपछि स्थानीय तहले