धौलागिरिका पाँच पालिकाको भगिनी सम्बन्ध स्पेनको लुम्बिनी गार्डेनसँग « Khabarhub

धौलागिरिका पाँच पालिकाको भगिनी सम्बन्ध स्पेनको लुम्बिनी गार्डेनसँग


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनको सहयोग गर्ने भएको छ ।

शुक्रबार बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका बीच संस्थागत सम्बन्ध कायम सहकार्य/समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा फाउण्डेशनका संस्थापक उपाध्यक्ष गोविन्दप्रसाद सुबेदीले बेनी नगरका नगरप्रमुख हरिकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेमशर्मा पौडेल र जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लबीच भगिनी सम्बन्ध स्थापनाका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले स्पेन र नेपालको सम्बन्ध प्रगाढ बनाउन फाउण्डेशनले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै धौलागिरिको समग्र विकासमा स्पेनबाट सहयोगको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : १९ बजे

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा