धौलागिरिका पाँच पालिकाको भगिनी सम्बन्ध स्पेनको लुम्बिनी गार्डेनसँग « Khabarhub

धौलागिरिका पाँच पालिकाको भगिनी सम्बन्ध स्पेनको लुम्बिनी गार्डेनसँग


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनको सहयोग गर्ने भएको छ ।

शुक्रबार बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका बीच संस्थागत सम्बन्ध कायम सहकार्य/समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा फाउण्डेशनका संस्थापक उपाध्यक्ष गोविन्दप्रसाद सुबेदीले बेनी नगरका नगरप्रमुख हरिकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेमशर्मा पौडेल र जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लबीच भगिनी सम्बन्ध स्थापनाका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले स्पेन र नेपालको सम्बन्ध प्रगाढ बनाउन फाउण्डेशनले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै धौलागिरिको समग्र विकासमा स्पेनबाट सहयोगको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : १९ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका