नेकपा कसको पार्टी भन्ने फागुन २० मा टुंगो लाग्ने « Khabarhub

नेकपा कसको पार्टी भन्ने फागुन २० मा टुंगो लाग्ने


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल कसको भन्ने टुंगो आउँदो फागुन २० गते लाग्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विषयमा नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमा बिहीवार सुनुवाइ सकिएपछि फैसला मिति तोकिएको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीवार सुनुवाइ सकिएको थियो । फैसला सुनाउने मिति फागुन २० लाई तोकिएको छ ।

नेकपाका अध्यक्ष कट्टेलले वि.सं. २०६९ सालमा नेकपा नामक पार्टी आफूले दर्ता गरेको तर पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि वि.संं. २०७५ साल जेठ ३ गते निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दर्ता गरेको विरुद्ध रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले त्यतिबेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पार्टी नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको निर्णय गरेको थियो ।

अध्यक्ष कट्टेलले वि.सं. २०७५ मंसिर २१ गते आयोगको उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमा फैसला हुन लागेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : ३४ बजे

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ – थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौँ – दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको

यस्तो छ अर्थमन्त्रीले तयार पारेको बजेटको प्राथमिकता : डिजिटल रूपान्तरण र आर्थिक सुधार

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग