भारतीय र चिनियाँ राजदूतले भेटे कांग्रेस सभापति देउवालाई « Khabarhub

भारतीय र चिनियाँ राजदूतले भेटे कांग्रेस सभापति देउवालाई


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद पुनःस्थापनासँगै नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमपछि चीन र भारतीय राजदूतहरुको पनि सक्रियता बढेको छ ।

यसैबीच भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका छन् । दुवैले देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटनविरुद्ध अदालतमा १३ वटा रिट परेका थिए । ती रिटउपर फैसला सुनाउँदै सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो ।

हिजै नेकपा(प्रचण्ड–नेपाल समूह)का अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेर देउवासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ८ : ३० बजे

पाँचथरको फालेलुङमा पहिरोले ११ परिवार विस्थापित, ४६ घर उच्च जोखिममा

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिका– ५ लुङ्मादिनमा साउन ९ र १०

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ