कोरोना कहर : कतारले जारी गरेको ३३ बुँदे नियम पालना गर्न दूतावासको आग्रह « Khabarhub

कोरोना कहर : कतारले जारी गरेको ३३ बुँदे नियम पालना गर्न दूतावासको आग्रह


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालीहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाएको छ ।

कतार सरकारले संक्रमणबाट जोगिन स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरेको छ ।

कतारको मन्त्रिपरिषदले आजदेखि लागु हुने गरी कतारमा बस्ने सबै कतारी नागरिक तथा अन्य आप्रवासी कामदारहरुलाई सतर्कता र सुरक्षाका सम्बन्धमा पालना गर्नु पर्ने ३३ बुँदे निर्देशनहरु जारी गरेको कतारस्थित नेपाली दूतावासले एक बिज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बैठक गर्नुपर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्दै ५ जना भन्दा बढी उपस्थित हुन नपाईने, सामाजिक भेटघाट नगर्ने र घर भित्र वा बन्द स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने नियम जारी गरेको छ ।

सबै सार्वजनिक पार्क, सार्वजनिक स्थलहरु, कर्निसलगायत अन्य सार्वजनिक स्थलहरु बन्द हुने र यस प्रकारका स्थानहरुमा एकै परिवारका २ जनाभन्दा बढी जान नपाईने समेत दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । व्यापारिक भवनहरुमा हुने क्रियाकलापलाई ३० प्रतिशतमा सीमित गरिएको र १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई त्यस्ता स्थलमा जान प्रतिबन्ध गरिएको छ ।

सवारी साधनमा वा गाडी प्रयोग गरी घरबाट बाहिर निस्कँदा सवारी साधाना मास्क अनिवार्य लगाउनै पर्ने तर सवारी साधानमा एक जना मात्र भए मास्क नलगाए पनि हुने, सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाईने,घरबाट कुनै पनि कामका लागि बाहिर निस्कदा मोबाइलमा अनिवार्य एह्तराज अप्प्लिकसन हुनु पर्नेछ ।

कतार सरकारले जारी गरेको सम्पूर्ण निर्देशनहरुको पूर्ण रुपमा पालना गरी संक्रमणबाट सुरक्षित रहन तथा नियम उलङ्घनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट जोगिन कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ४५ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण