एमाले संसदीय दलको बैठक आज, नेपाल समूह आन्तरिक छलफलमा « Khabarhub

एमाले संसदीय दलको बैठक आज, नेपाल समूह आन्तरिक छलफलमा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यसअघि गत ५ गते ओलीको अध्यक्षतामा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले बैठकले एमाले संसदीय बोर्ड गठन गरेको थियो । बैठकमा उपस्थित नभए पनि वरिष्ठ नेता नेपाल र झलनाथ खनालको नाम समेत उक्त समितिमा राखिएको थियो ।

आजको बैठकमा पार्टीभित्रको विवाद र संसद बैठकमा एमालेका सांसदहरू कसरी प्रस्तुत हुने भन्नेबारे अध्यक्ष ओलीले निर्देशन दिँदैछन् ।

बैठकमा माधव नेपाल समूहका सांसदहरू पनि सहभागी हुने संस्थापन पक्षको अपेक्षा छ । तर बैठकमा के गर्ने भन्ने रणनीति तय गर्न माधव नेपाल समूहले छुट्टै भेला आयोजना गरेको छ ।

कलंकीमा आयोजना गरिएको भेलाले आवश्यक निर्णय गर्ने बुझिएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्र व्यूँताएपछि तत्कालिन नेकपाभित्रको विवाद एमालेमा प्रवेश गरेको छ ।

अदालतले एमाले व्यूँताएपछि बहुमतमा पुगेका ओलीले फागुन २८ मा माधव नेपाल समूहलाई बाइपास गर्दै रामबहादुर थापासहितका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्दै सो समूहको जिम्मेवारी खोसेपछि एमाले विवाद चर्किएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : १५ बजे

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ २ गते शनिबार। जेठ

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल