मुख्यमन्त्री राईले विस्तार गर्दै मन्त्रीपरिषद, गुट छाडेर संस्थापनमा लागेका मन्त्री बन्दै « Khabarhub

मुख्यमन्त्री राईले विस्तार गर्दै मन्त्रीपरिषद, गुट छाडेर संस्थापनमा लागेका मन्त्री बन्दै


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

निकट स्रोतका अनुसार पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री हुँदैछन् ।

यस्तै साविक नेकपामा प्रचण्ड-माधव समूहबाट ओली समूहमा फर्किएकी एमाले सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्री बनाइँदैछ ।

यस्तै अहिले राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् ।

उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । नयाँ मन्त्रीहरूले आजै साढे १ बजे शपथग्रहणको तयारी गरिएको जनाइएको छ ।

एमाले नब्यूँतिदासम्म आफ्नै पार्टीका सांसदले अविश्वासको प्रस्ताव ल्याएर अप्ठ्यारोमा परेका राई अहिले फेरि बहुमतमा छन् ।

पुस २३ सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली समूह बलियो भएको छ ।

अदालतले उक्त फैसलासँगै केन्द्रदेखि प्रदेशसम्मको शक्ति समीकरण फेरबदलतर्फ अघि बढेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : १८ बजे

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

आईपीएल क्रिकेट : लखनउसँग चेन्नई ७ विकेटले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हावाहुरीको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको