जो सौतेनी आमा बन्दा खुशी छन् | Khabarhub Khabarhub

जो सौतेनी आमा बन्दा खुशी छन्


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा कुनै एक अभिनेताको एक भन्दा बढी अफेयर हुनु सामान्य मानिन्छ । यही क्रममा बलिउड लाइफले विवाहित पुरुषको परिवारलाई प्रेम दिनका लागि उनीहरुसँग विवाहको निर्णय लिएका अभिनेत्रीहरुको समाचार तयार पारेको छ ।

यी अभिनेत्रीहरुले विवाहित पुरुषको श्रीमतीसँगै एक असल सौतेनी आमाको भूमिका पनि निर्वाह गरेका छन् ।

बलिउडकी ‘बेबो’का रुपमा परिचित अभिनेत्री करिना कपूर हालैमात्र दोस्रो सन्तानको आमा बनिन् । अभिनेता सैफ अली खानसँग विवाह गरेपछि उनी दुई छोराकी आमा बनेकी हुन् । त्यसो त उनी सारा अली खान र इब्राहिम अली खानका सौतेली आमा पनि हुन् ।

बलिउड दिवंगत अभिनेत्री श्रीदेवी सुन्दरतासँगै अभिनयमा पनि उत्तिकै लोकप्रिय थिइन् । उनको नाम निर्माता बोनी कपुरसँग जोडिएपछि उनलाई कतिपयले ‘होम ब्रेकर’ र ‘स्टेप मम’ सम्मको ट्याग दिए ।

बोनी पहिले नै विवाहित र दुई सन्तानका पिता थिए । बोनीसँग श्रीदेवीले जब विवाह गरिन्, त्यो समयमा बोनीको अर्जुन र अंशुला कपूर सन्तान थिए । यद्यपि, अर्जुन र अंशुलाले कहिल्यै पनि श्रीदेवीलाई आफ्नो सौतेली आमाको रुपमा व्यवहार गरेनन् । श्रीदेवीबाट जाह्नवी र खुशी कपुरको जन्म भएको थियो ।

आफ्नो समयको चर्चित अभिनेत्री फराह नाज आज मूलधारबाट टाढिएकी छन् । उनको पहिलो विवाह विन्दु दारा सिंहसँग भएको थियो । उनीहरुबाट एक छोरा फतेह सिंह रंधावाको जन्म भएको थियो ।

तर विन्दुसँग सम्बन्धविच्छेद पछि फराहले सुमित सहगलसँग विवाह गरिन् । जो एक छोरी सायशा सहगलकी पिता थिए । फराह सायशाको सौतेनी आमा हुन् ।

प्रख्यात लेखक जावेद अख्तरसँग विवाह गरेपछि अभिनेत्री शबाना आजमी फरहान र जोया अख्तरकी आमा बनेकी छन् । तर उनीहरुले शबानालाई आफू उनीहरुको सौतेनी आमा भएको अनुभव कहिल्यै गर्न दिएनन् ।

बलिउडका ‘हिमेन’का रुपमा परिचित अभिनेता धर्मेन्द्रसँग विवाह गरेपछि अभिनेत्री हेमा मालिनी दुई छोरा सनी र बबी देओलको सौतेनी आमा बनेकी थिइन् । यो विवाहपछि धर्मेन्द्र र हेमाबाट दुई छोरी ईशा र अहानाको जन्म भयो ।

अभिनेत्री शिल्पा सेट्टीले एनआरआई व्यापारी राज कुन्द्रसँग विवाह गरिन् । शिल्पासँग विवाह अघि राजको पहिलोबाट एक छोरीको जन्म भएको भइसकेको थियो । शिल्पाको एक सौतेली छोरी र आफ्ना दुई सन्तान वियान तथा समीषा छन् ।

अभिनेत्री दिया मिर्जाले यसै वर्षको फेब्रुअरी १५ मा मुम्बईका व्यापारी वैभव रेखीसँग विवाह गरिन् । यसअघि उनले साहिल सांघासँग विवाह गरेकी थिइन् । यो विवाहबाट दीयाको कुनै सन्तान छैन ।

तर उनले सौतेनी आमाको सुख पाएकी छन् । वैभव एक छोरी समायराका पिता हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ५५ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले