कोरोना संक्रमणबाट कतारमा थप १० जनाको मृत्यु,  ७०५ नयाँ संक्रमित « Khabarhub

कोरोना संक्रमणबाट कतारमा थप १० जनाको मृत्यु,  ७०५ नयाँ संक्रमित


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य मुलुक कतारमा कोरोना संक्रमणबाट आइतबार थप १० जनाको मृत्यु भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४१, ४२, ४७, ४८, ५१, ५६, ६६, ६८, ७६ र ८० बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय २८ पुगेको हो ।

पछिल्लो २४ घण्टा ७०५ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ भने १५४८ जनालाई निको भएको मन्त्रालयले जनाएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार २०१ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ८१ हजार ५२२ रहेको मन्त्रालयले जनाएको छ।

कतारमा अहिले २० हजार २५१ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १०८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ४३१ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

यो समाचार तयार पार्दासम्म १४ लाख १५ हजार ७६१ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । गैरआवासी नेपाली संघका अनुसार यो हप्ता थप १ नेपाली श्रमिकको मृत्यु भएसंगै कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २२ पुगेको छ ।

संक्रमणको नयाँ लहर सुरु भएसंगै कतारमा थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गर्दै थप कडाइ गरिएको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने सयौँ व्यक्तिलाई कारबाही गरिसकिएको यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ४० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल