कोरोना संक्रमणबाट कतारमा थप १० जनाको मृत्यु,  ७०५ नयाँ संक्रमित « Khabarhub

कोरोना संक्रमणबाट कतारमा थप १० जनाको मृत्यु,  ७०५ नयाँ संक्रमित


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य मुलुक कतारमा कोरोना संक्रमणबाट आइतबार थप १० जनाको मृत्यु भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४१, ४२, ४७, ४८, ५१, ५६, ६६, ६८, ७६ र ८० बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय २८ पुगेको हो ।

पछिल्लो २४ घण्टा ७०५ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ भने १५४८ जनालाई निको भएको मन्त्रालयले जनाएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार २०१ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ८१ हजार ५२२ रहेको मन्त्रालयले जनाएको छ।

कतारमा अहिले २० हजार २५१ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १०८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ४३१ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

यो समाचार तयार पार्दासम्म १४ लाख १५ हजार ७६१ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । गैरआवासी नेपाली संघका अनुसार यो हप्ता थप १ नेपाली श्रमिकको मृत्यु भएसंगै कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २२ पुगेको छ ।

संक्रमणको नयाँ लहर सुरु भएसंगै कतारमा थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गर्दै थप कडाइ गरिएको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने सयौँ व्यक्तिलाई कारबाही गरिसकिएको यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु