भाग-२
बेइजिङले संकटको शुरुवाती चरणबाटै सूचना लुकाउने, मानिसलाई यस विषयमा बोल्न नदिने, झुटो तथ्यांक सार्वजनिक गर्ने र बाहिरी अनुसन्धान विफल पार्ने काम गर्यो । चिनियाँ सरकारको यस्तो कदम गैरजिम्मेवारपूर्ण र जानीबुझी चालिएको थियो । यसले संकटको शुरूवाती अवस्था भयावह बनाइदियो ।
चिनियाँ अधिकारीहरूले विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूलाई यस विषयमा ३१ डिसेम्बर २०१९ मा पहिलो जानकारी दिए । उनीहरूले वुहानमा एक प्रकारको अपरिचित निमोनिया फैलिएको जानकारी दिएका थिए । उनीहरूले ‘रोगको उपचार गर्न र फैलिनबाट रोक्न सकिने’ पनि बताएका थिए ।
सोही दिन चिनियाँ सामाजिक सञ्जालबाट ‘वुहानमा देखिएको अपरिचत प्रकारको निमोनियाका विषयमा प्रकाशित सामग्री हटाउने प्रक्रिया शुरू भयो । सञ्जालमा ‘सार्स भेरियन्ट’ र ‘वुहान सी फूड मार्केट’ जस्ता लेखिएका विषय छानी छानी हटाउन थालियो । सार्वजनिक रूपमा चिनियाँ अधिकारीहरू कोरोना भाइरसका विषयमा मौन थिए ।
त्यसको अर्को दिन वुहानका एक डाक्टर ली वेनलिआङलाई चीनको पब्लिक सेक्युरेटी ब्यूरोले पक्राउ ग¥यो । उनले विच्याटको आफ्नो एक समूहमा ‘सार्स’ जस्तै एक प्रकारको भाइरस चीनमा फैलिएकाले सर्तकता अपनाउन सन्देश पठाएका थिए । उनलाई माफी माग्न लगाउँदै सेक्युरिटी ब्यूरोले चेतावनीपत्रमा हस्ताक्षर गराएको थियो ।
बेइजिङले शुरूवातमा ‘सी फूड’ मार्केटबाट भाइरस फैलिएको हुन सक्ने बताएको थियो । पछिल्ला समय गरिएका अध्ययनले उक्त दाबीलाई न त पुष्टि गर्न सक्यो, न त अस्वीकार गर्न ।
वुहानका सरकारी अधिकारीहरूले १ जनवरी २०२० मा हुनान बजार बन्द गर्दै त्यहाँ तत्काल स्यानिटाइज गर्ने काम गरे । त्यस बखत उनीहरूले त्यहाँ रहेका जीवजन्तुको कुनै स्याम्पल राख्ने काम गरेनन् । त्यहाँ काम गर्ने कामदारको परीक्षण गर्ने काम पनि गरिएन । यसको मतलव त्यही बजारबाट भाइरस फैलिएको आशंकाबीच प्रमाण नष्ट गर्ने काम गरियो ।
मेडिकल जर्नल लेन्सेटमा फेबु्रअरीमा प्रकाशित चिनियाँ अनुसन्धानकर्ताको एक अध्ययनअनुसार भाइरस सर्वप्रथम डिसेम्बर १ मा नै पत्ता लागेको थियो । अध्ययनले भाइरसको हुनान बजारसँग कुनै सम्बन्ध नरहेको बताउँदै भाइरस वुहानबाट उत्पति भएको हुनसक्ने कुरा नकार्यो ।
बेइजिङले शुरूवातमा ‘सी फूड’ मार्केटबाट भाइरस फैलिएको हुन सक्ने बताएको थियो । पछिल्ला समय गरिएका अध्ययनले उक्त दाबीलाई न त पुष्टि गर्न सक्यो, न त अस्वीकार गर्न ।
चिनियाँ अधिकारीहरूले पछि वुहानस्थित संक्रमण रोग सम्बन्धी अध्ययन गर्ने ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी)’ त्यहाँ जनवरी २ मा कोरोना भाइरसको अनुवंशिका पत्ता लागेको बताएका थिए । डब्ल्यूआईभी चमेराबाट फैलिन सक्ने कोरोना भाइरस सम्बन्धी अध्ययन गर्ने विश्वकै एक अग्रणी संस्था हो । उनीहरूले कोरोना भाइरस सार्सजस्तै हो भन्दै यो खतरनाक, उच्च संक्रमणयुक्त भएको र यसको कुनै भ्याक्सिन नभएको बताएका थिए ।
तर, चिनियाँ अधिकारीहरूले डब्ल्यूआईभीलाई भाइरसको स्याम्पल खतम गर्ने भन्दै आफ्नो अध्ययनलाई अमेरिकी अनुसन्धानकर्तामाझ साझा नगर्न भनेका थिए । तत्काल चिनियाँ सेनाका मेजर जर्नल चेन वेलाई डब्ल्यूआईभीको नेतृत्व समाल्न सरकारले खटायो । उनी एक वरिष्ठ संक्रामक रोग र महामारी विशेषज्ञ हुन् ।
भाइरसको अनुवंशिकताका विषयमा जुनसुकै प्रकारको जानकारी भाइरस नियन्त्रणका लागि सहायकसिद्ध हुन सक्ने थियो । त्यो पत्ता लागेको अवस्थामा भाइरस विरुद्ध लड्न आवश्यक पर्ने औषधिका विषयमा अनुसन्धान गर्न पनि सहज हुने थियो । चिनियाँ अधिकारीहरूले आफूले प्राप्त गरेको सूचना अरूलाई थाहा दिनुको सट्टा सूचना दबाउने काम गरे ।
यस्तै जनवरी ५ मा ‘साङ्घाई पब्लिक हेल्थ क्लिनिक सेन्टर’ ले चिनियाँ अधिकारीलाई आफूहरूले पनि नयाँ भाइरसको आनुवंशिकता पत्ता लगाएका जानकारी दियो । चिनियाँ सरकारले उक्त संस्थालाई पनि नयाँ जानकारी कसैसँग साझा नगर्न निर्देशन दियो । सरकारको निर्देशनपछि अलमलमा परेको उक्त संस्थाले आफूले पत्ता लागाएको भाइरसको आनुवंशिकता ६ दिनपछि सार्वजनिक ग¥यो । त्यसको अर्को दिन उक्त प्रयोगशाला बन्द गराइयो ।
विश्व स्वास्थ्य सङ्गठनले बेइजिङले दिने सूचना नै सदर गर्ने काम शुरूदेखि नै गर्दै आएको थियो । जनवरी १४ मा विश्व स्वास्थ्य सङ्गठनले आफ्नो सामाजिक सञ्जालमार्फत ‘चिनियाँ अधिकारीहरूको प्रारम्भिक अनुसन्धानले भाइरस मान्छेबाट मान्छेमा सर्ने स्पष्ट आधार नभएको’ बताएको थियो ।
लाखौँ चिनियाँ नागरिकहरू लुनार नयाँ वर्ष मनाउन विश्वका विभिन्न भागको यात्रामा निस्किएका थिए । यसमा वुहानका नागरिक पनि सामेल थिए, जसले गर्दा विश्वभर कोरोना भाइरस संक्रमणका लागि सहयोग पुग्यो ।
त्यही दिन प्रान्तीय सरकारका अधिकारीहरूसँगको आन्तरिक छलफलमा चिनियाँ स्वास्थ्यमन्त्री मा सियाओवेईले भाइरसलाई ‘२००३ को सार्स रोगपछिकै सबैभन्दा ठूलो चुनौती’ भनेका थिए । उनले थप भनेका थिए, ‘केही समूहमा गरिएको अध्ययनले यो मानिसबाट मानिसमा सर्ने सम्भावना रहेको देखिएको छ ।’ बेइजिङले यस्तो महत्वपूर्ण विषय सरकारभन्दा बाहिरका मानिसमाझ अर्को ६ दिनसम्म सार्वजनिक गरेन ।
यसैबीच लाखौँ चिनियाँ नागरिकहरू लुनार नयाँ वर्ष मनाउन विश्वका विभिन्न भागको यात्रामा निस्किएका थिए । यसमा वुहानका नागरिक पनि सामेल थिए, जसले गर्दा विश्वभर कोरोना भाइरस संक्रमणका लागि सहयोग पुग्यो ।
जब जनवरी २० मा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलाई वुहान जाने अनुमति प्राप्त भयो त्यसपछि मात्रै यो भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने कुरा पत्ता लाग्यो । यसका बाबजुद विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्व स्वास्थ्य संकटका रूपमा घोषणा गर्न अस्वीकार गर्यो ।
त्यसको दुई दिनपछि चिनियाँ सरकारले ११ मिलियन जनसंख्या रहेको वुहान शहरलाई पूर्ण लकडाउन गर्ने घोषणा ग¥यो । जनवरी ३० मा विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले चिनियाँ सरकारको ‘प्रतिबद्धता र पारदर्शिता’ को मुक्तकण्ठले प्रशंसा गरे । यस्तै फेब्रुओरी ३ मा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख निर्देशक टेड्रोस अदनोम घेब्रेयियसले थप संक्रमण फैलिन नदिन बेइजिङले अख्तियार गरेको नीतिको प्रशंसा गरे ।
सार्स भाइसर रोकथाम अभियानका दौरान लिएको नीति जस्तै चिनियाँ अधिकारीहरूले विश्वलाई गलत दृश्य देखाउन धेरै प्रयत्न गरे । यद्यपि, संक्रमण फैलिन नदिन अपनाउनुपर्ने प्राथमिक आवश्यकतामा भने चीन चुकिसकेको थियो । चीनले भाइरस मानिसबाट मानिसमा सर्न सक्ने बताउँदै वुहान यात्रामा प्रतिबन्द लगाउन पर्ने थियो । आफूसँग प्राप्त सूचना विश्वका वैज्ञानिकमाझ साझा गरेर विदेशी सरकारसँग भाइरस नियन्त्रणका लागि सहकार्य गर्नबाट चीन चुकेको थियो ।
सार्स भाइरस रोकथाम गर्न चीनले लिएको नीतिका विषयमा अध्ययन गरेका व्यक्तिहरूलाई कोरोना भाइरस नियन्त्रणका लागि चीनले अख्तियार गरेको नीति नौलो थिएन । भन्ने नै हो भने यो अड्कल गर्न सकिने खालकै थियो । चिनियाँ कम्युनिस्ट पाटी (सीसीपी) को दिग्भ्रमित पार्ने काम, रक्षात्मकता र पारदर्शिताप्रतिको कम चिन्ता उनीहरूको चरित्रकै हिस्सा हो । तपहिलो पटक उनीहरूको कमजोरीका कारण लाखौँ मानिसको ज्यान गयो ।
(जोश रोगिन वासिङ्टन पोस्टमा विदेश नीति र राष्ट्रिय सुरक्षामा लेख्छन् । ४ मार्च २०२१ मा द वासिङ्टन पोस्टमा प्रकाशित यो लेख उनको पुस्तक ‘क्याओस् अन्डर हवेनः ट्रम्प, सी एन्ड द ब्याटल अफ ट्वान्टी फस्ट सेन्चुरी’ बाट साभार गरिएको हो । खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया