विवादका पयार्य आदित्य नारायण « Khabarhub

विवादका पयार्य आदित्य नारायण


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– हालका दिनमा ‘इण्डियन आइडल १२’ सँगै यसका होस्ट आदित्य नारायण पनि विवादमा छन् । एक विवाद सकिन नपाउदा यसमा नयाँ विवाद सुरु हुन्छ । यद्यपि आदित्यको लागि यो नयाँ मामला होइन । किनकी विवादसँग आदित्यको पुरानो सम्बन्ध छ ।

बलिउड लाइफका अनुसार सन् २०१७ मा आदित्य त्यो बेला चर्चामा आए, जब उनले रायपुर एयरपोर्टका कर्मचारीलाई लुगा उतार्नसमेत धम्की दिएका थिए ।

आदित्यको लगेजको तौल एयरपोर्टको तौलको सीमा ४० केजीभन्दा बढी थियो । सामान बढी भएपछि कर्मचारीले उनलाई १३ हजार अतिरिक्त रकम तिर्न भनेका थिए । तर आदित्यले १० हजार रुपैंयाँ भन्दा एक रुपैंयाँ पनि बढी पैसा नतिर्ने अडान लिए ।

यो विषयमा बहस भएपछि उनले कर्मचारीमाथि दुव्र्यवहार गरे । यसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

सन् २०१९ मा आदित्यलाई तिब्र गतिमा गाडी कुदाएर एक अटो रिक्सालाई ठक्कर दिएको आरोपमा वर्सोवा प्रहरीले पक्राउ गरेको थियो । रिक्सामा रहेकी महिला यात्रीले आदित्यविरुद्ध उजुरी दिएकी थिइन् । यद्यपि यो मामलामा आदित्य फरार नभई महिला र रिक्सा चालकलाई अस्पताल लिएर गएका थिए ।

आदित्य सन् २०११ मा एक ठूलो विवादमा मुछिएका थिए । उनी आफ्नो साथीहरुसँग पबमा थिए र उनले मदिराको सुरमा एक युवतीलाई अपशब्द प्रयोग गरे । त्यही बेला ती युवतीले आदित्यलाई थप्पड हिर्काएकी थिइन् ।

‘इण्डियन आइडल ११’को समयमा आदित्यले शोका जज नेहका साथ विवाहको नाटक रचे । उनले नेहाका साथ शोको मञ्चमै विवाह गर्ने हल्ला फैलाए ।

यो खबर सुन्नासाथ फ्यान पनि उत्साहित भएका थिए । यद्यपि केही समयपछि उनीहरुले शोको टीआरपी बढाउनका लागि स्टण्ट गरेको खुलेको थियो ।

‘इण्डियन आइडल १२’को मञ्चमा आदित्यले आफ्नो एक प्रतिक्रियाले किशोर कुमारको विवादलाई जानेर बुझेर इँटा थपिदिएका थिए । किशोर पुत्र अमितले किशोर कुमार विशेष एपिसोडपछि आफूले निर्माताबाट पैसा लिएर उनीहरुको भनाई अनुसार नै प्रतियोगीको तारिफ गरेको खुलासा गरेका थिए ।

केही एपिसोडपछि आदित्यले शोका अतिथी कुमार सानू, रुप कुमार राठौड र अनुराधा पौडवाललाई ‘के तपाईंहरुले प्रतियोगीको तारिफ आफ्नो हृदयबाट गर्नुभयो या त्यसो गर्नका लागि हाम्रो टिमले भनेको थियो ?’ भनी सोधेका थिए । उनको यो प्रश्नमा उनी आफैं ट्रोल बने ।

शोको हालैको एपिसोडमा सवाई भाटसँग कुरा गर्दै आदित्यले अलीबाग सहरमाथि एक टिप्पणी गरेका थिए । जसमाथि एमएनएसले कडा विरोध जनाएको थियो । विरोधपछि उनले माफी नै माग्नुपर्यो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १२ : २० बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६