विवादका पयार्य आदित्य नारायण | Khabarhub Khabarhub

विवादका पयार्य आदित्य नारायण


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– हालका दिनमा ‘इण्डियन आइडल १२’ सँगै यसका होस्ट आदित्य नारायण पनि विवादमा छन् । एक विवाद सकिन नपाउदा यसमा नयाँ विवाद सुरु हुन्छ । यद्यपि आदित्यको लागि यो नयाँ मामला होइन । किनकी विवादसँग आदित्यको पुरानो सम्बन्ध छ ।

बलिउड लाइफका अनुसार सन् २०१७ मा आदित्य त्यो बेला चर्चामा आए, जब उनले रायपुर एयरपोर्टका कर्मचारीलाई लुगा उतार्नसमेत धम्की दिएका थिए ।

आदित्यको लगेजको तौल एयरपोर्टको तौलको सीमा ४० केजीभन्दा बढी थियो । सामान बढी भएपछि कर्मचारीले उनलाई १३ हजार अतिरिक्त रकम तिर्न भनेका थिए । तर आदित्यले १० हजार रुपैंयाँ भन्दा एक रुपैंयाँ पनि बढी पैसा नतिर्ने अडान लिए ।

यो विषयमा बहस भएपछि उनले कर्मचारीमाथि दुव्र्यवहार गरे । यसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

सन् २०१९ मा आदित्यलाई तिब्र गतिमा गाडी कुदाएर एक अटो रिक्सालाई ठक्कर दिएको आरोपमा वर्सोवा प्रहरीले पक्राउ गरेको थियो । रिक्सामा रहेकी महिला यात्रीले आदित्यविरुद्ध उजुरी दिएकी थिइन् । यद्यपि यो मामलामा आदित्य फरार नभई महिला र रिक्सा चालकलाई अस्पताल लिएर गएका थिए ।

आदित्य सन् २०११ मा एक ठूलो विवादमा मुछिएका थिए । उनी आफ्नो साथीहरुसँग पबमा थिए र उनले मदिराको सुरमा एक युवतीलाई अपशब्द प्रयोग गरे । त्यही बेला ती युवतीले आदित्यलाई थप्पड हिर्काएकी थिइन् ।

‘इण्डियन आइडल ११’को समयमा आदित्यले शोका जज नेहका साथ विवाहको नाटक रचे । उनले नेहाका साथ शोको मञ्चमै विवाह गर्ने हल्ला फैलाए ।

यो खबर सुन्नासाथ फ्यान पनि उत्साहित भएका थिए । यद्यपि केही समयपछि उनीहरुले शोको टीआरपी बढाउनका लागि स्टण्ट गरेको खुलेको थियो ।

‘इण्डियन आइडल १२’को मञ्चमा आदित्यले आफ्नो एक प्रतिक्रियाले किशोर कुमारको विवादलाई जानेर बुझेर इँटा थपिदिएका थिए । किशोर पुत्र अमितले किशोर कुमार विशेष एपिसोडपछि आफूले निर्माताबाट पैसा लिएर उनीहरुको भनाई अनुसार नै प्रतियोगीको तारिफ गरेको खुलासा गरेका थिए ।

केही एपिसोडपछि आदित्यले शोका अतिथी कुमार सानू, रुप कुमार राठौड र अनुराधा पौडवाललाई ‘के तपाईंहरुले प्रतियोगीको तारिफ आफ्नो हृदयबाट गर्नुभयो या त्यसो गर्नका लागि हाम्रो टिमले भनेको थियो ?’ भनी सोधेका थिए । उनको यो प्रश्नमा उनी आफैं ट्रोल बने ।

शोको हालैको एपिसोडमा सवाई भाटसँग कुरा गर्दै आदित्यले अलीबाग सहरमाथि एक टिप्पणी गरेका थिए । जसमाथि एमएनएसले कडा विरोध जनाएको थियो । विरोधपछि उनले माफी नै माग्नुपर्यो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १२ : २० बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव