नाट्यकर्मीहरुलाई खोपको माग | Khabarhub Khabarhub

नाट्यकर्मीहरुलाई खोपको माग


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालभरिको नाट्यकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघले देशका नाट्यकर्मीहरुका लागि खोपको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र रिमालका अनुसार स्वास्थ्य हरेक नागरिकको संविधानप्रदत्त मौलिक हक रहेकोले विश्वव्यापी महामारीका रुपमा आएको कोभिडको विरुद्ध लगाईने खोप नेपाली नाट्यकर्मीहरुलाई पनि प्राथमिकताका साथ उपलब्ध गराईदिन जोडदार माग गरिएको हो ।

महासंघले नेपाली नाट्यकर्मीहरुले हरेक विपतमा राज्यलाई सहयोग गर्दै आईरहेको र अहिले कोभिड प्रभावित क्षेत्रमा अक्सिजन सिलिन्डर, मास्क, पिपिई, स्यानिटाईजर लगायत खाद्यान्न समेत स्वतस्फूर्त रुपमा उपलब्ध गराएको र भर्खरै गएको बाढीपहिरो पीडितहरुलाई पनि आवश्यक सहयोग पुर्‍याउदै आएको स्मरण गराएको छ ।

त्यस्तै कोभिड १९ का कारण बन्द गरिएका नाट्यशालाहरुलाई अन्य क्षेत्रहरुलाई जस्तै स्वास्थ्य सावधानी अपनाएर सञ्चालन अनुमति प्रदान गर्न समेत माग गरिएको छ । ‘पेशागत रुपमै नाटकमा आबद्ध नाट्यकर्मीहरुको विगत लामो समयदेखि पेशा खोसिएर बस्नुपरेको छ । जसले जीवनयापनमा नै कठिनाई उत्पन्न भएको छ’, महासंघले भनेको छ ।

महासंघले नाट्यशालाहरु खोलेर नाट्यकर्मीहरुको जीवन सहज बनाउन समेत माग गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : २० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये