बाढीजन्य जोखिम रोकथाम र व्यवस्थापनको पूर्वतयारीमा महानगर « Khabarhub

बाढीजन्य जोखिम रोकथाम र व्यवस्थापनको पूर्वतयारीमा महानगर


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथाम गर्न काम थालेको छ ।

महानगर भएर बग्ने नदीहरूमा बाढी आउँदा विगत वर्षहरूमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

विपद व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठ भन्छन्, ‘गएका वर्षहरूमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या थिए । यी बाहेकका क्षेत्रमा पनि समस्या नहोलान् भन्न सकिन्न । यसपाली सक्रिय मनसुन छ । त्यसैले नदी आसपास क्षेत्रमा सावधानी अपनाउन जरुरी छ ।’

श्रेष्ठकाअनुसार अहिले अनामनगर, सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र पूर्वाधारका माग आएका छन् । ती क्षेत्रमा नदीको बहाव खुकुलो बनाएर निर्वाध जलप्रवाह कायम गराउने काम भएको छ ।

यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्पहरू, त्रिपाल, भर्‍याङ्, डोरीलगायत सामग्रीको व्यवस्था गरिएको छ ।

सम्भावित विपद व्यवस्थापन गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वयमा काम गर्ने तयारी भइरहेको छ ।

यस्तै दमकललाई तैनाथ गरिएको छ । विभागीय प्रमुख श्रेष्ठ भन्छन्, ‘काठमाडौँ महानगरका कुनै पनि ठाउँमा बाढी वा अन्य विपद भयो भने सम्बन्धित टेलिफोनसहित मेरो मोवाइल नं. ९८५१०२४३०५ मा सम्पर्क गर्नोस् । हामी तत्काल विपद व्यवस्थापनमा खट्नेछौँ । भारी वर्षा भएको समयमा नदीमा पानीको वहाव बढ्ने र यसले जनधनको क्षति पुर्‍याउन सक्ने भएकोले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल महानगरमा सम्पर्क गर्न गर्नुहोला ।’

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सराजुकुमार बैद्यकाअनुसार यो वर्ष जुन ११ (जेठ २८ गते) बाट मनसुन शुरु भएको छ । अन्य वर्षहरूको मनसुन शुरु हुँदा यति सक्रिय हुँदैनथ्यो । यस वर्ष शुरुवातबाट नै सक्रिय छ ।

वैद्यकाअनुसार आज न्युनचापीय रेखा नेपालको सिमानामा भएकोले बागमती प्रदेशसहित, प्रदेश नं. १, २, गण्डकी र लुम्विनी प्रदेशमा वर्षा भइरहेको छ । क्षेत्रमा भारी वर्षासहित चट्याङ् पर्ने सम्भावना छ । यो भोलिसम्म रहन्छ । त्यसपछि पश्चिमतर्फ सर्दै जानेछ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १२ : ०६ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज