बाढीजन्य जोखिम रोकथाम र व्यवस्थापनको पूर्वतयारीमा महानगर | Khabarhub Khabarhub

बाढीजन्य जोखिम रोकथाम र व्यवस्थापनको पूर्वतयारीमा महानगर


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथाम गर्न काम थालेको छ ।

महानगर भएर बग्ने नदीहरूमा बाढी आउँदा विगत वर्षहरूमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

विपद व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठ भन्छन्, ‘गएका वर्षहरूमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या थिए । यी बाहेकका क्षेत्रमा पनि समस्या नहोलान् भन्न सकिन्न । यसपाली सक्रिय मनसुन छ । त्यसैले नदी आसपास क्षेत्रमा सावधानी अपनाउन जरुरी छ ।’

श्रेष्ठकाअनुसार अहिले अनामनगर, सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र पूर्वाधारका माग आएका छन् । ती क्षेत्रमा नदीको बहाव खुकुलो बनाएर निर्वाध जलप्रवाह कायम गराउने काम भएको छ ।

यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्पहरू, त्रिपाल, भर्‍याङ्, डोरीलगायत सामग्रीको व्यवस्था गरिएको छ ।

सम्भावित विपद व्यवस्थापन गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वयमा काम गर्ने तयारी भइरहेको छ ।

यस्तै दमकललाई तैनाथ गरिएको छ । विभागीय प्रमुख श्रेष्ठ भन्छन्, ‘काठमाडौँ महानगरका कुनै पनि ठाउँमा बाढी वा अन्य विपद भयो भने सम्बन्धित टेलिफोनसहित मेरो मोवाइल नं. ९८५१०२४३०५ मा सम्पर्क गर्नोस् । हामी तत्काल विपद व्यवस्थापनमा खट्नेछौँ । भारी वर्षा भएको समयमा नदीमा पानीको वहाव बढ्ने र यसले जनधनको क्षति पुर्‍याउन सक्ने भएकोले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल महानगरमा सम्पर्क गर्न गर्नुहोला ।’

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सराजुकुमार बैद्यकाअनुसार यो वर्ष जुन ११ (जेठ २८ गते) बाट मनसुन शुरु भएको छ । अन्य वर्षहरूको मनसुन शुरु हुँदा यति सक्रिय हुँदैनथ्यो । यस वर्ष शुरुवातबाट नै सक्रिय छ ।

वैद्यकाअनुसार आज न्युनचापीय रेखा नेपालको सिमानामा भएकोले बागमती प्रदेशसहित, प्रदेश नं. १, २, गण्डकी र लुम्विनी प्रदेशमा वर्षा भइरहेको छ । क्षेत्रमा भारी वर्षासहित चट्याङ् पर्ने सम्भावना छ । यो भोलिसम्म रहन्छ । त्यसपछि पश्चिमतर्फ सर्दै जानेछ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १२ : ०६ बजे

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य

सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु

किमाथांका– जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै