सलमानका यी पाँच असफल प्रेम « Khabarhub

सलमानका यी पाँच असफल प्रेम


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता सलमान खान उमेरले ५५ वर्ष पुगिसकेका छन् । अहिलेसम्म उनी बलिउडको ‘मस्ट एलिजिबल ब्याचलर’ छन् । सलमानले एकपटकमात्र नभई कैयौंपटक प्रेम गरे । पाँच पटक त उनी विवाहका लागि घोडा चढ्न तयार थिए । तर विविध कारणले त्यो पुरा हुन सकेन ।

१६ वर्षीया सोमी अली सलमानसँग विवाह गर्नकै लागि भनेर भारत आएकी थिइन् । उनले फिल्म पनि सलमानको नजिक हुनकै लागि अभिनय गरिन् । त्यो समयमा सलमान र अभिनेत्री संगीता बिजलानीको प्रेमको चर्चा बलिउडमा थियो ।

साेमीले एक अन्तरवार्तामा सलमान र संगीताको प्रेमले आफूलाई तनाव दिएको खुलाएकी थिइन् । उनले आफूले सलमान र संगीताको प्रेम सम्बन्धमा दुरी ल्याउने प्रयास गरेको बताएकी थिइन् ।

त्यसपछि सलमान र सोमी नजिकिए । यदपि उनीहरुको सम्बन्धमा पनि अन्यको नजर पर्यो । सोमीका अनुसार सलमानले उनलाई धोका दिएका थिए । त्यसपछि उनी अमेरिका गइन् ।

सलमान र अभिनेत्री ऐश्वर्या रायको पीडादायी प्रेमकथाका बारेमा जानकार नहुने सायद कमै होलान् । उनीहरु एकअर्काको प्रेममा पूर्ण रुपमा लिप्त भइसकेका थिए । तर उनीहरुको प्रेममा असुरक्षाको महशुस उनीहरुको घरबाटै भयो ।

सलमान जसरी भए पनि ऐश्वर्यासँग विवाह गर्न चाहन्थे । तर ऐश्वर्या भने हतारोमा विवाह गर्न चाहन्न थिइन् ।

इटालियन मोडल लूलिया वन्तूर र सलमानको भेट डबलिनमा सन् २०१० मा भएको थियो । सलमानसँगको भेटपछि उनी सलमानको परिवारसँग नजिकिइन् । यो जोडीले आफ्नो सम्बन्धमा आधिकारिक रुपमा मोहर लगाइसकेका छैनन् । तर पनि उनीहरु जोडीका रुपमा सँगै हुन्छन् ।

सलमान र अभिनेत्री कटरीना कैफको भेट फिल्म ‘मैने प्यार क्यो किया’को सेटमा भएको थियो । त्यसपछि उनीहरु विस्तारै प्रेममा पर्न थाले । यद्यपि उनीहरु चाँडै अलग्गिए ।

सलमान र संगीता बिजलानी पनि एकअर्काको प्रेममा निकै भिजिसकेका थिए । उनीहरुको विवाह पनि हुने तयारी थियो । तर अन्त्यमा उनीहरुको सम्बन्धमा पनि दरार आयो । दुवैबीच हुन लागेको विवाह पनि रोकियो । अहिले उनीहरु मिल्ने साथी छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : १५ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका