काठमाडाैँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समृद्धिको ठूलो हिस्सेदार निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
राजस्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र अपहेलित भइरहनु दुर्भाग्यपूर्ण भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका हुन् ।
‘राजस्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र हो। तर समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण छ। निजीक्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छन्। अनुमानको भरमा पूर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहीँ कतैबाट पनि हुनुहुँदैन,’ अध्यक्ष गोल्छाले लेखेका छन्।
यस्तो छ उनको ट्वीट
राजश्व र रोजगारीको मुख्य माध्यम निजी क्षेत्र हो। तर समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण छ। निजीक्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा संचालन गर्न सक्छन । अनुमानको भरमा पुर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहि कतैबाट पनि हुनु हुदैन
— Shekhar Golchha (@golchha_shekhar) July 26, 2021
प्रतिक्रिया