प्रदेश-१ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य मुख्यमन्त्री बन्दै « Khabarhub

प्रदेश-१ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य मुख्यमन्त्री बन्दै


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी विभाजनपछिको शक्ति सन्तुलन मिलाउन एमालेले प्रदेश-१ को मुख्यमन्त्री पनि परिवर्तनको तयारी गरेको छ ।

यसका लागि अध्यक्ष ओलीले मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । आचार्य माधव नेपालले नयाँ पार्टी खोलेपछि संस्थापनमा लागेका नेता हुन् ।

ओलीको आग्रहमा राईले आजै प्रदेश-१ को संसदीय दलको नेता तथा मुख्यमन्त्री  पदबाट राजीनामा दिन लागेको निकट स्रोतले जनाएको छ ।

पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २१ दिनको समय तोकिएको छ । विभाजनले आधिकारिता पाएलगत्तै एमालेले संसदीय दलको नेता परिवर्तन गर्न दलको बैठक बोलाएको हो ।

एमाले प्रदेश-१को संसदीय दलको बैठकले माधव समूहमा लागेका सांसदलाई कारबाही गर्ने तयारी पनि गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

प्रदेशमा मुख्यमन्त्री बन्न ४७ सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये एक सभामुख छन् भने एक सांसद फौजदारी अभियोग लागेपछि फरार छन् ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईका अनुसार नयाँ पार्टीमा १५ सांसद छन् । प्रदेश १ मा आठ सांसदले नयाँ पार्टी रोजे एमालेको मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : ४० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको