सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास लिग खेल्ने « Khabarhub

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास लिग खेल्ने


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बासमा पनि अष्ट्रेलियन फ्रन्चाईज टिम होबार्टबाटनै खेल्ने भएका छन् ।

होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरेको जनाएको छ ।

होबार्टले पहिलो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए ।  सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।

त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए ।  सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ११ : २० बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय