बलिउडमा सलमानको ३३ वर्ष पुरा « Khabarhub

बलिउडमा सलमानको ३३ वर्ष पुरा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडका ‘दबंग’का रुपमा परिचित अभिनेता सलमान खान फ्यानका मनपर्ने स्टारमध्ये एक हुन् । सलमानको बलिउड यात्रा ३३ वर्ष पुरा भएको छ ।

मानिसहरु उनको अनुहार हेर्न घण्टौं पर्खन्छन् । तर एक समय थियो, जुन बेला सलमानलाई फिल्ममा एउटा सानो भूमिका पाउनका लागि घण्टौं लाइनमा लाग्नुपथ्र्यो । त्यो समयमा उनलाई कसैले चिन्दैन थिए ।

सलमानले फिल्ममा अभिनय गर्नकै लागि कैयौं निर्माताको कार्यालय धाए । त्यही समयमा निर्देशक जेके बिहारी फिल्म ‘बीवी हो तो ऐसी’ बनाउने तयारीमा थिए । फिल्ममा प्रमुख भूमिकामा रेखा र फारुख शेखलाई लिए ।

यो फिल्ममा एउटा यस्तो भूमिका पनि थियो, जुन भूमिकामा कोही कलाकार अभिनय गर्न चाहदैन थिए । जोकोहीले त्यो भूमिकालाई अस्वीकार गरेका थिए । फिल्ममा रेखाको देवर बन्नुपर्ने भूमिका थियो । जसका लागि निर्माताले कम पैसा दिइरहेका थिए ।

निकै प्रयासपछि पनि कलाकार नभेटेपछि निर्माताले यो भूमिका कुनै संघर्षरत कलाकारलाई दिने निर्णय लिए । त्यही बेला उनको कार्यालयमा सलमान पुगेका थिए । त्यसपछि उनको भाग्य बद्लियो ।

सलमानलाई देखेर निर्देशक जेके बिहारी खुशी भए र विना सोधपुछ भूमिकाको लागि प्रस्ताव गरे । ‘तिमीलाई काम मिल्यो, रेखाको देवरको भूमिका निभाउनुपर्छ । गर्न सक्छौं ? भोलि आएर साइनिङ एमाउण्ट लिएर जानु, भोलि नै सुटिङको मिति पनि बताउनेछु’, जेकेले सलमानलाई भनेका थिए । फिल्म रिलिज भएपछि कसैले पनि उनको भूमिका प्रति ध्यान दिएनन् ।

यो फिल्म पछि सलमानले दोस्रो फिल्ममा अभिनय गर्न निकै लामो समय पर्खिनुपर्यो । उनले दोस्रो फिल्म ‘मैंने प्यार किया’मा अभिनेत्री भाग्यश्रीसँग अनस्क्रिन रोमान्स गरे । यो फिल्ममा उनीहरुको केमेष्ट्रीलाई दर्शकले मनपराए । फिल्म सुपरहिट भयो । त्यसपछि सलमानले पछाडि फर्केर हेर्नुपरेन ।

सलमान हालका दिनमा फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन् । उनी पछिल्लो पटक फिल्म ‘राधे’मा देखिएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ११ : ४७ बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका