कांग्रेस महाधिवेशनः निर्वाचन अधिकृतहरूलाई अनुशिक्षण गरिँदै, भोलि निर्वाचन सामग्री वितरण हुने « Khabarhub

कांग्रेस महाधिवेशनः निर्वाचन अधिकृतहरूलाई अनुशिक्षण गरिँदै, भोलि निर्वाचन सामग्री वितरण हुने


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा तयारीका कामहरु धमाधम भइरहेका छन् । क्रियाशील सदस्यताको विषय टुंग्याएपछि महाधिवेशन तयारीको विषयले तिब्रता पाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रशासनिक कामहरु धमाधम भइरहेको जानकारी दिए । उनका अनुसार विवाद नरहेका ४० जिल्लाका क्रियाशील सदस्यताको पोको पारेर ठिक पारेर राखिएको छ । अन्य जिल्लाबारे पनि तयारीहरु भइरहेको उनले जानकारी दिए ।

उनले पहाडी र दुर्गम जिल्लाहरुमा शुक्रबार काठमाडौंबाट निर्वाचन सामग्रीहरु वितरण गरिने जानकारी दिए । उनले भने, ‘क्रियाशील सदस्यता, निर्वाचन निर्देशिकालगायतका निर्वाचन सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । दुर्गम र पहाडी जिल्लाहरुमा सबैभन्दा छिटो हुने यातायातका साधनबाट भोलि नै सामग्री पठाउँछौं ।’

केन्द्रीय निर्वाचन समितिले विहीबार निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृतहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार नै जिल्लामा खटाइने छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतहरु जिल्ला जिल्लामा पुग्ने छन् । निर्वाचन समितिले निर्वाचन अधिकृत र केन्द्रीय प्रतिनिधिहरुको नाम भने गोप्य राखेको छ ।

यही भदौ १८ मा देशभरका सबै वडाहरुको अधिवेशन गर्ने मिति तोकिएकाले सोही मितिमा अधिवेशन गर्ने गरी कामहरु भइरहेको छ । तर कतिपय कांग्रेस नेताहरुले भने १८ गते वडा अधिवेशन गर्न समय नपुग्ने बताइरहेका छन् ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यलयमा धर्ना दिएकाले पनि केही समयस्या हुन सक्ने जनाइएको छ । जिल्ला सभापतिहरुको धर्नामा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत देउवा इतर समूहका नेताहरुले समर्थन जनाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : १७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक