कांग्रेस महाधिवेशनः निर्वाचन अधिकृतहरूलाई अनुशिक्षण गरिँदै, भोलि निर्वाचन सामग्री वितरण हुने « Khabarhub

कांग्रेस महाधिवेशनः निर्वाचन अधिकृतहरूलाई अनुशिक्षण गरिँदै, भोलि निर्वाचन सामग्री वितरण हुने


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा तयारीका कामहरु धमाधम भइरहेका छन् । क्रियाशील सदस्यताको विषय टुंग्याएपछि महाधिवेशन तयारीको विषयले तिब्रता पाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रशासनिक कामहरु धमाधम भइरहेको जानकारी दिए । उनका अनुसार विवाद नरहेका ४० जिल्लाका क्रियाशील सदस्यताको पोको पारेर ठिक पारेर राखिएको छ । अन्य जिल्लाबारे पनि तयारीहरु भइरहेको उनले जानकारी दिए ।

उनले पहाडी र दुर्गम जिल्लाहरुमा शुक्रबार काठमाडौंबाट निर्वाचन सामग्रीहरु वितरण गरिने जानकारी दिए । उनले भने, ‘क्रियाशील सदस्यता, निर्वाचन निर्देशिकालगायतका निर्वाचन सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । दुर्गम र पहाडी जिल्लाहरुमा सबैभन्दा छिटो हुने यातायातका साधनबाट भोलि नै सामग्री पठाउँछौं ।’

केन्द्रीय निर्वाचन समितिले विहीबार निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृतहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार नै जिल्लामा खटाइने छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतहरु जिल्ला जिल्लामा पुग्ने छन् । निर्वाचन समितिले निर्वाचन अधिकृत र केन्द्रीय प्रतिनिधिहरुको नाम भने गोप्य राखेको छ ।

यही भदौ १८ मा देशभरका सबै वडाहरुको अधिवेशन गर्ने मिति तोकिएकाले सोही मितिमा अधिवेशन गर्ने गरी कामहरु भइरहेको छ । तर कतिपय कांग्रेस नेताहरुले भने १८ गते वडा अधिवेशन गर्न समय नपुग्ने बताइरहेका छन् ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यलयमा धर्ना दिएकाले पनि केही समयस्या हुन सक्ने जनाइएको छ । जिल्ला सभापतिहरुको धर्नामा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत देउवा इतर समूहका नेताहरुले समर्थन जनाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : १७ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति