माधव नेपालको पार्टीले पहिलो पत्रकार सम्मेलन गर्दै « Khabarhub

माधव नेपालको पार्टीले पहिलो पत्रकार सम्मेलन गर्दै


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले विहीबार पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगबाट सो दलले बुधबार अबेरमात्र दल दर्ताको प्रमाण पत्र पाएको थियो ।

सो पार्टी नेता माधवकुमार नेपालले सामाजिक सञ्जालमार्फत पत्रकार सम्मेलन दिउँसो २ बजे क्वालिटी ब्यांक्वेटमा गर्न लागिएको जानकारी दिएका छन् । एमाले विभाजन गरेर बनेको यो दलले आफ्नो नीति तथा कार्यक्रम, सिद्धान्त, संरचनालगायतका विषयमा जानकारी दिन लागेको हो ।

एमाले विभाजन भएसँगै त्यसका प्रभावहरु पनि देखिन थालेका छन् । एमाले विभाजन भएपछि सबैभन्दा पहिलो झड्का प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई परेको छ । उनले विहीबार पदबाट राजीनामा दिएका छन् । एमालेकै नेता भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका छन् । बागमतीकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्मतमा परेकी छन् ।

प्रदेश नम्बर १ मा पनि भीम आचार्यले कसरी बहुमत पुर्याउँछन् त्यो भने निश्चित छैन । तर विहीबार उनी सिंगो एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १ : ०४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक