प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए शपथ (भिडियोसहित) « Khabarhub

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए शपथ (भिडियोसहित)

एमालेकै बहुमत कायम गर्ने दाबी, मन्त्रिपरिषद छिट्दै विस्तार गर्ने


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

उनले आजै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

मुख्यमन्त्री नियुक्त भएसँगै आचार्यले आफ्नै पार्टीको बहुमत जुटाउने दाबी गरेका छन् । माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि त्यस पार्टीमा कति सांसद जाने भन्ने टुंगो भने लागेको छैन ।

९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए आचार्य अल्पमतमा पर्नेछन् ।

हेरौँ भिडियो

शपथ लिए लगत्तै छोटो प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पुर्‍याउँछौँ।’ उनले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने पनि बताए । तस्वीर : न्यूज कारखाना

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १ : ०६ बजे

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

काठमाडौं– टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन

देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी