प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए शपथ (भिडियोसहित) | Khabarhub Khabarhub

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए शपथ (भिडियोसहित)

एमालेकै बहुमत कायम गर्ने दाबी, मन्त्रिपरिषद छिट्दै विस्तार गर्ने


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

उनले आजै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

मुख्यमन्त्री नियुक्त भएसँगै आचार्यले आफ्नै पार्टीको बहुमत जुटाउने दाबी गरेका छन् । माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि त्यस पार्टीमा कति सांसद जाने भन्ने टुंगो भने लागेको छैन ।

९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए आचार्य अल्पमतमा पर्नेछन् ।

हेरौँ भिडियो

शपथ लिए लगत्तै छोटो प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पुर्‍याउँछौँ।’ उनले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने पनि बताए । तस्वीर : न्यूज कारखाना

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १ : ०६ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।