एमाले केन्द्रीय कमिटी बैठक जारी, माधव नेपालको साथ छाडेका नेताहरु सहभागी, वामदेव अनुपस्थित « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक जारी, माधव नेपालको साथ छाडेका नेताहरु सहभागी, वामदेव अनुपस्थित


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तुलसिलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा सुरु भएको छ । एमाले विभाजनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बसेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको छ ।

यो बैठकले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्ने नेताहरुलाई कारबाही गर्ने एजेण्डा रहेकाे छ । विहीबारको बैठकमा पार्टी विभाजनअघि माधव समूहमा रहेका केन्द्रीय सदस्यहरु पहिलो पटक एमाले बैठकमा सहभागी भएका छन् ।

केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, निरज आचार्य, राजबहादुर बुढा, श्रीमाया थकाली, रचना खड्का, अरुण नेपाल, यज्ञराज सुनुवारलगायत नेताहरु पुस ५ यता पहिलो पटक ओलीको अध्यक्षतामा बसेको बैठकमा सहभागी भएका हुन् ।

उता उपाध्यक्ष वामदेव गौतम भने विहीबारको बैठक अनुपस्थित भएका छन् । उनी एकीकृत समाजवादीमा पनि छैनन्, एमाले बैठकमा पनि गएनन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १ : ३१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक