गायक टुहुरेको निधनमा प्रधानमन्त्रीबाट शोक व्यक्त | Khabarhub Khabarhub

गायक टुहुरेको निधनमा प्रधानमन्त्रीबाट शोक व्यक्त


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गायक जेवी टुहुरेको निधन प्रति शोक व्यक्त गरेका छन् । टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै प्रधानमन्त्रीले‍ शोक प्रकट गरेका हुन् ।

प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।

स्थानीय बयोधा अस्पतालमा उनको निधन भएको हो । उनी ७८ वर्षका थिए । उनी संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष थिए । हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  २ : २८ बजे

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा

हङकङ सिक्सेस : अफगानिस्तानले नेपाललाई दियो ११३ रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउनेछ : ऊर्जा मन्त्रालय

काठमाडौं– सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट