बाध्यताले विद्रोह गर्‍याैँ, तर यात्रा निकै कठिन भयो : नेपाल (भिडियोसहित) « Khabarhub

बाध्यताले विद्रोह गर्‍याैँ, तर यात्रा निकै कठिन भयो : नेपाल (भिडियोसहित)


१० भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले बाध्यताले एमालेमा विद्रोह गरेको बताएका छन् । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर दक्षिणपन्थी भासबाट जोगिएर नयाँ पार्टी गठन गर्ने अवस्थामा आइपुगेको बताए ।

उनले भने, ‘ओलीले एमालेलाई दक्षिणपन्थी भासमा डुबाएपछि क्रान्तिकारी धारको नेतृत्व गर्दै पार्टी पुनःगठनको अवस्थामा आयौँ । यहाँसम्मको यात्रा निकै कठिन भयो ।’ उनले यो यात्राका कतिपय सहयोद्धाले यात्रा बिचैमा छाडेकोसमेत बताए । पार्टी विभाजनअघि आफूसँगै रहेका भीम रावलहरुप्रति संकेत गर्दै अध्यक्ष नेपालले लामो यात्रा गर्दा कतिपयहरु थाकेको बताए । तर जो थाकेनने उनीहरु अगाडि बढेको उनले बताए ।

उनले भने, ‘यो यात्राका कतिपय सहयोद्धाहरु अहिले हामीसँग छैनन्, तर उहाँहरुप्रति कुनै गुनासो छैन ।’ उनले कसैकसैलाई नयाँ पार्टी गठन गरेर हुँदैन भन्ने लागेको उल्लेख गर्दै सबै बाधा अवरोध हटाउँदै राष्ट्रको हितका लागि नयाँ यात्रा सुरु गरेको तर्क गरे।

अध्यक्ष नेपालले भने, ‘केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पुर्याए, व्यक्तिवादी अंहकारको घोडामा सवार भए, पार्टीलाई व्यक्तिवादी कम्पनी बनाए, क्रान्तिकारी योद्धालाई निस्कासन गरेपछि विद्रोह गर्ने बाहेक अरु विकल्प भएन । इतिहासमा यस्तो विद्रोह भएको छ । विश्वमा पनि भएको छ । स्वयम कार्ल माक्र्सले विद्रोहोको नेतृत्व गर्नुपरेको थियो ।’

उनले ओलीको दक्षिणपन्थी गुट, असफल गुट, विभाजित हुँदा भोजभतेर गर्ने, प्रतिनिधिसभा विघटन गरेर प्रतिगमलाई प्रसय दिने व्यक्तिको भ्रमबाट मुक्त भएर एकीकृत समाजवादीमा समाहित हुन आह्वानसमेत गरे।

उनले आफ्नो पार्टी पुरानो बाटोबाट नहिँड्ने बताए । उनले भने, ‘पुरानो लिकमा जाँदैनौं, ओलीले स्थापित गर्न खोजेको संस्कारभन्दा नितान्त भिन्न हुनेछ । जबजको मूल्यमान्यतालाई मानेर अगाडि बढ्ने छ । राष्ट्रप्रति समर्पित, जनताप्रति समर्पित, नीजि हितका लागि लाग्ने स्वार्थी र कुसंस्कारीको जमात हुने छैन, नेताको भजनमण्डली हुने छैन, आरती उतार्ने काम हुने छैन। जनआधारित पार्टी हुनेछ। नयाँ समाजको निर्माण गर्ने चाहाना छ । सबै पक्षलाई समावेस गरिनेछ।’

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ३ : ५० बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान