कांग्रेस महाधिवेशनः अघि बढे निधि, पहिलो पटक देउवालाई चुनौती दिँदै | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशनः अघि बढे निधि, पहिलो पटक देउवालाई चुनौती दिँदै


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँठमाडौँ– कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । शुक्रबार सम्पर्क कार्यालय उद्घाटनको तयारी छ ।

नेविसंघदेखि नै सभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका निधि पहिलो पटक देउवालाई चुनौती दिने तयारीमा लागेका हुन् ।

सभापति देउवाले फेरि आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । देउवा समूहको खम्बा रहेका निधिले  आफू कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने भन्दै गतिविधिहरुलाई तिब्र पारिरहेका छन् । सोही क्रममा उनले सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवारीबारे थप रणनीति बनाउन लागेका हुन् ।

निधिका प्रेस सल्लाहाकार रामजी दाहालले सम्पर्क कार्यालयमा निधि नियमति आउने र नेता कार्यकर्ताहरुसँग भेट्ने बताए । महाधिवेशन सम्बन्धी सम्पूर्ण कामको संयोजन निधिले सम्पर्क कार्यालयमार्फत गर्ने भएका छन् ।

निधिले सभापति देउवालाई भेटेरै आफू सभापतिको उम्मेदवार बन्ने जानकारी गराइसकेका छन् । सभापति देउवाले बोलाएको रणनीतिक बैठकमै निधिले यो पटक आफू पनि उम्मेदवार बन्ने भन्दै देउवासँग सहयोग मागेका थिए ।

बुढानिलकण्ठमा भएको सो बैठकमा निधिले आफूले उम्मेदवारी दिने बताएपछि देउवाले उम्मेदवार बन्न सबैले पाउने भन्दै निधिलाई सहयोग नगर्ने आफै उम्मेदवार हुने स्पष्ट पारेका थिए ।

सभापतिको उम्मेदवार बन्ने भन्दै निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौलासँग पनि छलफल गरेका थिए । तर, ती दुबै नेताबाट निधिले सकरात्मक जवाफ भने पाएनन् । त्यसपछि निधिको बानेश्वरस्थित निवासमै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच उम्मेदवारीका विषयमा छलफल भएको थियो । यी तीन नेताबीच कोइराला निवास र चाक्सीबारीमासमेत छलफल भएको थियो । ती चरणमा यी नेताहरुबीच छलफल भए पनि को सभापतिको उम्मेदवार बन्ने भन्ने पक्का भएको छैन ।

निधिले सकेसम्म सर्वसम्मत सभापति बन्ने नभए मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन् ।

निधिले उम्मेदवारीको तयारी गरेपछि संस्थापन पक्षबाट कम्तिमा दुईजना सभापतिको उम्मेदवार बन्ने देखिएको छ । देउवा र निधि दुबैजना सभापतिको उम्मेदवार बन्ने परिस्थिति आए देउवा इतर समूहलाई सहज हुनेछ । त्यसो त देउवा समूहमा रहेका अर्का नेता गोपालमान श्रेष्ठले पनि आफू सभापतिको उम्मेदवार हुने बताइरहेका छन् । तर उनको सक्रियता भने निधि जस्तो देखिएको छैन ।

उता देउवा इतर समूहमा पनि सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षी छन् । कोइराला परिवारका तीन जना डा. शशांक, डा. शेखर र सुजाता आकांक्षी छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कल्याण गुरुङले पनि सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

काँग्रेस सभापति हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्ने भएकाले पहिलो चरणमा आधा दर्जनभन्दा धेरै उम्मेदवार हुने लगभग पक्का छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने कांग्रेसको विधानमा व्यवस्था छ । त्यसैले सभापति देउवाले पहिलो चरणमा उम्मेदवार हुन खोज्ने आफ्नो समूहका नेतालाई रोक्ने प्रयास नगर्ने रणनीतिमा छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ५ : १६ बजे

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए

गाजा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर

विष्णुमतीले बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ