तीन दिन भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह « Khabarhub

तीन दिन भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ ।

आगामी शनिवारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहाडी भू–भागमा भू–क्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले अबको तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो तीन दिनमा बाढी पहिरो, डुवान र कटानको जोखिम पनि देखिएकाले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानी तहलाई खबर गर्न अनुरोध गरेको छ ।

विपद्को समयमा जेष्ठ नागरिक,अपांगता भएका व्यक्ति, महिला ,बालबालिकाको विशेष ध्यान राख्न सबैलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ५ : ५० बजे

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस – फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास

तराईमा हुस्सु तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्