तीन दिन भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह « Khabarhub

तीन दिन भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ ।

आगामी शनिवारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहाडी भू–भागमा भू–क्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले अबको तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो तीन दिनमा बाढी पहिरो, डुवान र कटानको जोखिम पनि देखिएकाले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानी तहलाई खबर गर्न अनुरोध गरेको छ ।

विपद्को समयमा जेष्ठ नागरिक,अपांगता भएका व्यक्ति, महिला ,बालबालिकाको विशेष ध्यान राख्न सबैलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ५ : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक