अब हामी गठबन्धन सरकारमा सहभागी हुन्छौँ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

अब हामी गठबन्धन सरकारमा सहभागी हुन्छौँ : अध्यक्ष नेपाल


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन् ।

पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताएका हुन् ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनमा आफू पनि भएको र सरकारमा छिट्टै सहभागी हुने बताए ।

“सबै वामपन्थी लोकतान्त्रिकसँग पार्टीले सहयोग गर्छ, कांग्रेस, माओवादी, जसपासँग सहकार्य हुन्छ”, अध्यक्ष नेपालले भने, “सत्ता बाहिर रहेका कम्युनिष्टसँग पनि सहकार्य हुन्छ ।”

आफूहरुको नयाँ पार्टी राष्ट्र र जनताप्रति समर्पित भई काम गर्ने उल्लेख गर्दै उनले भने, “यो पार्टी राष्ट्रप्रति र जनताप्रति समर्पित हुनेछ, यो कुनै स्वार्थ र कुसंस्कारको झुण्डमा पर्ने छैन ।”

अध्यक्ष नेपालले क्रान्तिकारी धारमा हिँड्नेले जनता र कार्यकर्ताको चाहना बुझ्न सक्नुपर्ने र आफूले पार्टीलाई जोगाउन, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताका हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा (एमाले) को संस्थापक आफू नै भएको र पार्टीभित्र देखिएको विकृतिलाई तिलाञ्जली दिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन विकल्पका रूपमा पार्टी खोल्नुपरेको उनले जानकारी दिए ।

पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता गरेको प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ९ : ०१ बजे

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे