दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता « Khabarhub

दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताए । उनले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएकोसमेत जानकारी दिए ।

गृहमन्त्री खाँणले विसं २०५० देखि अहिलेसम्म उक्त जिल्लामा तुइनबाट खसेर २६ जनाको दुखद निधन भएको पनि जानकारी गराए ।

उनले महाकाली नदीमाथिको तुइन हटाएर पुल निर्माणका लागि पनि निर्देशन भइसकेको समितिलाई जानकारी गराए ।

“नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो, नागरिकको जीवन रक्षाका लागि सरकार हिजो पनि गम्भीर थियो, आज पनि छ र भोलि पनि हुनेछ”, उनले भने ।

गृहमन्त्री खाँणले नेपाल प्रहरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको नजिक पुगिसकेको र अनुसन्धानले पूर्णता पाएपछि सार्वजनिक हुने जानकारी पनि गराए ।

उनले कालाबजारी, पुन मिति टाँसेर खाद्यपदार्थ बिक्री गर्ने अवस्थाको अन्त्य र साना मान्छे पक्राउ पर्ने र मूल मान्छे छुट्ने अवस्था नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताए ।

गृहमन्त्री खाँणसहित गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री उपस्थित समितिको बैठकमा सांसदहरुले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउने सन्दर्भमा ढिलाइ भइरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेसका मीना पाण्डे र दीलेन्द्रप्रसाद बडूले पनि दार्चुला घटनाका विषयमा सरकारले निडरताका साथ छानबिन गर्नुपर्ने र छिटो सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए ।

नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा र यशोदा गुरुङ सुवेदीले दार्चुला घटनाको सम्बन्धमा भएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइले दोषीलाई कारवाही हुने अवस्थामाथि नै आशङ्का उब्जिएको बताएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महेश बस्नेतले दार्चुला घटनाका विषय दुई देशबीच छलफल गर्नुपर्ने भए पनि सरकार किन मौन भनी प्रश्न गरे । उनले भने, “समाजमा केही घटना घट्यो भने प्रहरीको खोजी किन हुँदैन, सामाजिक अभियन्ता र युट्युवरको खोजी हुन्छ किन ? कानून कार्यान्वयन गर्ने निकाय कहाँनिर चुक्यो, गम्भीर हुनुपर्ने बेला आएको छ ।”

समितिका सदस्य नेकपा (एकीकृत समाजवादी) का झपटबहादुर रावलले दार्चुला घटनामा जयसिंह धामी बगेको नभइ बगाएको र खसेको नभइ खसाइएको हो, भने । उनले खुला सीमानाका कारण नेपालमा आपराधिक गतिविधि बढ्दो रहेको दाबी गरे ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ९ : १५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक