भारतीय दूतावासद्वारा ‘ग्लोकल टीन हीरो’का अन्तिम २० प्रतियोगीसँग अन्तरक्रिया | Khabarhub Khabarhub

भारतीय दूतावासद्वारा ‘ग्लोकल टीन हीरो’का अन्तिम २० प्रतियोगीसँग अन्तरक्रिया


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय राजदूतावास र एम/एस ग्लोकल प्राइभेट लिमिटेडले दूतावासका नियोग उप–प्रमुख नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ‘ग्लोकल टीन हीरो’ कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तरक्रियाको आयोजना गरेको छ ।

नेपालका विभिन्न जिल्लाबाट आएका १४ देखि २० वर्ष उमेर समूहका अन्तिम २० प्रतियोगीहरुले उत्सुकता एवम् चासोका साथ नियोग उप–प्रमुख खम्पासँग अन्तरक्रिया गरे । २० सहभागीहरुमा सामाजिक उद्यमी, अभियन्ता, शिक्षक लगायत नवीन सोच भएका व्यक्तिहरु थिए ।

प्रतियोगीहरुले आफ्ना व्यक्तिगत जीवन कथा र आफूले गरेका कामहरुको अनुभव एक आपसमा साटासाट गर्नुका साथै आफ्ना समुदाय, आफ्ना परिवार र आफू स्वयमका लागि साँचेका भविष्यका आकांक्षाहरु बारे बताएका थिए । आ–आफ्ना समुदायको विकासका लागि प्रत्येक प्रतियोगीले आफ्नै तवरबाट योगदान पुर्‍याएका छन् र सानै उमेरमा उनीहरुले देखाएको साहस, उनीहरुले पुर्‍याएको योगदान र हासिल गरेका उपलब्धिहरुलाई कदर गर्न हेतु उनीहरुलाई प्रतिष्पर्धी (Glocal 20under20 नाम दिइएको) को रुपमा छनौट गरिएको हो ।

अन्तरक्रियामा बोल्दै नियोग उप–प्रमुख खम्पाले पहलकदमी थालनीको महत्वबारे चर्चा गर्दै प्रत्येक प्रतियोगीहरुले परिवर्तनको सम्वाहक बन्न देखाएको जोश र उत्साहको सराहना गरे । ती प्रतियोगीहरु नेपाल र भारत–नेपाल सम्बन्धको भविष्य भएको बताउँदै खम्पाले उनीहरुलाई समुदाय, समाज र देशको रुपान्तरणतर्फ काम गर्न प्रेरित गरे । साथै उनले प्रतियोगीहरुलाई क्षेत्रीय सम्बन्ध विस्तारलाई जोड दिँदै नेपालको मात्र नभई सिंगो दक्षिण एसियाको भविष्य कोर्ने नेतृत्वदायी भूमिकामा खरो उत्रिन पनि अभिप्रेरित गरे ।

कार्यक्रमको अन्तमा प्रश्न/उत्तर सत्रमा उपस्थित सहभागीहरुले कूटनीति, छिमेकी मुलुकमा देखिएका समस्या र चुनौतीमा भारतले देखाएको अग्रसरता, पेशा छनौट र सीप ज्ञान हासिल गर्नुको महत्वसँग सम्बन्धित विषयमा विविध प्रश्न, जिज्ञासा राख्नुका साथै उनीहरुले उठाएका प्रश्न, जिज्ञासाको उत्तर दिइएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ५१ बजे

ओली नेतृत्व सरकारको एक वर्षमा थपियो दुई खर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–८१ को एक वर्षको अवधिमा

अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सोमबार रातिदेखि

मसलाबाली खेती गर्ने किसानलाई अनुदान

म्याग्दी– फलफूल, तरकारी, खाद्य र मसलाबाली खेती गरेका किसानलाई गण्डकी

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा