भारतीय दूतावासद्वारा ‘ग्लोकल टीन हीरो’का अन्तिम २० प्रतियोगीसँग अन्तरक्रिया « Khabarhub

भारतीय दूतावासद्वारा ‘ग्लोकल टीन हीरो’का अन्तिम २० प्रतियोगीसँग अन्तरक्रिया


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय राजदूतावास र एम/एस ग्लोकल प्राइभेट लिमिटेडले दूतावासका नियोग उप–प्रमुख नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ‘ग्लोकल टीन हीरो’ कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तरक्रियाको आयोजना गरेको छ ।

नेपालका विभिन्न जिल्लाबाट आएका १४ देखि २० वर्ष उमेर समूहका अन्तिम २० प्रतियोगीहरुले उत्सुकता एवम् चासोका साथ नियोग उप–प्रमुख खम्पासँग अन्तरक्रिया गरे । २० सहभागीहरुमा सामाजिक उद्यमी, अभियन्ता, शिक्षक लगायत नवीन सोच भएका व्यक्तिहरु थिए ।

प्रतियोगीहरुले आफ्ना व्यक्तिगत जीवन कथा र आफूले गरेका कामहरुको अनुभव एक आपसमा साटासाट गर्नुका साथै आफ्ना समुदाय, आफ्ना परिवार र आफू स्वयमका लागि साँचेका भविष्यका आकांक्षाहरु बारे बताएका थिए । आ–आफ्ना समुदायको विकासका लागि प्रत्येक प्रतियोगीले आफ्नै तवरबाट योगदान पुर्‍याएका छन् र सानै उमेरमा उनीहरुले देखाएको साहस, उनीहरुले पुर्‍याएको योगदान र हासिल गरेका उपलब्धिहरुलाई कदर गर्न हेतु उनीहरुलाई प्रतिष्पर्धी (Glocal 20under20 नाम दिइएको) को रुपमा छनौट गरिएको हो ।

अन्तरक्रियामा बोल्दै नियोग उप–प्रमुख खम्पाले पहलकदमी थालनीको महत्वबारे चर्चा गर्दै प्रत्येक प्रतियोगीहरुले परिवर्तनको सम्वाहक बन्न देखाएको जोश र उत्साहको सराहना गरे । ती प्रतियोगीहरु नेपाल र भारत–नेपाल सम्बन्धको भविष्य भएको बताउँदै खम्पाले उनीहरुलाई समुदाय, समाज र देशको रुपान्तरणतर्फ काम गर्न प्रेरित गरे । साथै उनले प्रतियोगीहरुलाई क्षेत्रीय सम्बन्ध विस्तारलाई जोड दिँदै नेपालको मात्र नभई सिंगो दक्षिण एसियाको भविष्य कोर्ने नेतृत्वदायी भूमिकामा खरो उत्रिन पनि अभिप्रेरित गरे ।

कार्यक्रमको अन्तमा प्रश्न/उत्तर सत्रमा उपस्थित सहभागीहरुले कूटनीति, छिमेकी मुलुकमा देखिएका समस्या र चुनौतीमा भारतले देखाएको अग्रसरता, पेशा छनौट र सीप ज्ञान हासिल गर्नुको महत्वसँग सम्बन्धित विषयमा विविध प्रश्न, जिज्ञासा राख्नुका साथै उनीहरुले उठाएका प्रश्न, जिज्ञासाको उत्तर दिइएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ५१ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक