इमरान खानले अफगानिस्तानमा तालिबानी कब्जाको स्वागत गरेपछि बेलायतको निशानामा पाकिस्तान « Khabarhub

इमरान खानले अफगानिस्तानमा तालिबानी कब्जाको स्वागत गरेपछि बेलायतको निशानामा पाकिस्तान


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- आतंकवादी समूहको आश्रय स्थलको रुपमा पाकिस्तानले तालिबानी समूहले अफगानिस्तानमा गरेको सत्ता कब्जाको घटनालाई स्वागत गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तालिबानी समूहले अफगानिस्तानमा गरेको सत्ता कब्जालाई स्वागत गरेपछि बेलायतको निशानामा पाकिस्तान परेको हो ।

बेलायती सांसद ड्यानियल काउजिन्स्कीले बेलायती सरकारलाई पाकिस्तानलाई अन्तर्राष्ट्रिय सहायता पठाउने विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खानले तालिबानी समूहले अफगानिस्तानको निर्वाचित सरकारलाई परास्त गर्दै सत्ता कब्जा गरेको घटनालाई स्वागत गरेपछि बेलायती सांसद्ले पाकिस्तानलाई उपलब्ध गराइने सहायतालाई रोक्न आग्रह गरेका हुन् ।

सांसदले अफगानिस्तानका विषयमा बेलायती संसदमा सुरु भएको आपतकालीन बहसको क्रममा हाउस अफ कमन्सलाई एक गम्भीर सन्देश दिएका हुन् । उनले अफगानिस्तानमा तालिबान शासनको समर्थनमा आवाज उठाउने देश पाकिस्तानलाई बेलायती करदाताहरुको रकम पाकिस्तानलाई उपलब्ध गराउने बेलायतको भूमिकामाथि प्रश्नसमेत उठाएका हुन् ।

अन्तर्राष्ट्रिय विकास विभागको आंकडा अनुसार बेलायतले २०१९ मा पाकिस्तानलाई ३०५ मिलियन अमेरिकी डलर सहायता रकम पठाएको थियो । जुन पाकिस्तानलाई कुनै विदेशी मुलुकले गराएको सहायता रकमको सबैभन्दा ठूलो हिस्सा भएको जनाइएको छ ।

सांसदले भने, “हामीले रुस र पाकिस्तानको भूमिकाको बारेमा प्रश्न सोध्नु पर्छ । उनीहरु तालिबानलाई समर्थन गरिरहेका छन् । त्यसैले त्यहाँ पाकिस्तान र उनको सुरक्षा बलको भूमिकाको बारेमा गम्भीर प्रश्नहरु छन् ।”

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिबानको समर्थनमा आवाज उठाउँदै अफगानी जनताले दासत्वको बन्धन तोडेको उल्लेख गरेका छन् । उनले युद्धग्रस्त राष्ट्रमा हिंसात्मक तरिकाले सत्ता कब्जा गरेको विषयलाई प्रशंसा गरेका छन् । यस विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरिरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : ०६ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का