इमरान खानले अफगानिस्तानमा तालिबानी कब्जाको स्वागत गरेपछि बेलायतको निशानामा पाकिस्तान « Khabarhub

इमरान खानले अफगानिस्तानमा तालिबानी कब्जाको स्वागत गरेपछि बेलायतको निशानामा पाकिस्तान


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- आतंकवादी समूहको आश्रय स्थलको रुपमा पाकिस्तानले तालिबानी समूहले अफगानिस्तानमा गरेको सत्ता कब्जाको घटनालाई स्वागत गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तालिबानी समूहले अफगानिस्तानमा गरेको सत्ता कब्जालाई स्वागत गरेपछि बेलायतको निशानामा पाकिस्तान परेको हो ।

बेलायती सांसद ड्यानियल काउजिन्स्कीले बेलायती सरकारलाई पाकिस्तानलाई अन्तर्राष्ट्रिय सहायता पठाउने विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खानले तालिबानी समूहले अफगानिस्तानको निर्वाचित सरकारलाई परास्त गर्दै सत्ता कब्जा गरेको घटनालाई स्वागत गरेपछि बेलायती सांसद्ले पाकिस्तानलाई उपलब्ध गराइने सहायतालाई रोक्न आग्रह गरेका हुन् ।

सांसदले अफगानिस्तानका विषयमा बेलायती संसदमा सुरु भएको आपतकालीन बहसको क्रममा हाउस अफ कमन्सलाई एक गम्भीर सन्देश दिएका हुन् । उनले अफगानिस्तानमा तालिबान शासनको समर्थनमा आवाज उठाउने देश पाकिस्तानलाई बेलायती करदाताहरुको रकम पाकिस्तानलाई उपलब्ध गराउने बेलायतको भूमिकामाथि प्रश्नसमेत उठाएका हुन् ।

अन्तर्राष्ट्रिय विकास विभागको आंकडा अनुसार बेलायतले २०१९ मा पाकिस्तानलाई ३०५ मिलियन अमेरिकी डलर सहायता रकम पठाएको थियो । जुन पाकिस्तानलाई कुनै विदेशी मुलुकले गराएको सहायता रकमको सबैभन्दा ठूलो हिस्सा भएको जनाइएको छ ।

सांसदले भने, “हामीले रुस र पाकिस्तानको भूमिकाको बारेमा प्रश्न सोध्नु पर्छ । उनीहरु तालिबानलाई समर्थन गरिरहेका छन् । त्यसैले त्यहाँ पाकिस्तान र उनको सुरक्षा बलको भूमिकाको बारेमा गम्भीर प्रश्नहरु छन् ।”

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिबानको समर्थनमा आवाज उठाउँदै अफगानी जनताले दासत्वको बन्धन तोडेको उल्लेख गरेका छन् । उनले युद्धग्रस्त राष्ट्रमा हिंसात्मक तरिकाले सत्ता कब्जा गरेको विषयलाई प्रशंसा गरेका छन् । यस विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरिरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : ०६ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो