दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गर्‍यो : नेता बिष्ट « Khabarhub

दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गर्‍यो : नेता बिष्ट


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव गोकर्ण विष्टले २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बिष्टले एमाले कमजोर पार्न २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका हुन् ।

उनले दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले पनि बेठिक भएको तर्क गरे । यसअघि केपी ओली नेतृत्वको सरकारले ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलनलाई कमजोर पार्न अध्यादेश ल्याएको बताए ।

बिष्टले १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको बताए । उनले एमालेले धेरै विकासका काम गरेकाले आगामी चूनावमा बहुमत सहित सरकारमा जाने दावी गरे ।

नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै रहेको र अरु दलसंग एक्लै लड्ने सामर्थ्य राख्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ३२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी