टी-ट्वान्टी विश्वकपमा अफगानिस्तानको शानदार शुरूवात « Khabarhub

टी-ट्वान्टी विश्वकपमा अफगानिस्तानको शानदार शुरूवात


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा शानदार शुरूवात गरेको छ ।

सारजाहमा सोमबार भएको खेलमा स्कटल्याण्डलाई १ सय ३० रनको फराकिलो अन्तरले हराउँदै अफगानिस्तानले सुखद शुरूवात गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।

स्कटल्याण्डका जर्ज मुन्सेले २५ रन जोड्दा क्रिस ग्रेभिसले १२ रन बनाए । यस्तै कप्तान केली कोट्जरले १० रन बनाए ।

अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ५ विकेट लिए । राशिद खानले ४ तथा नभिन उल हकले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । रहमानउल्लाह गुर्बाजले ४६ रन जोड्दा हज्रातउल्लाह जाजईले ४४ रन बनाए ।

जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ०० बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले