आर्यनबारे मौन यी कलाकार « Khabarhub

आर्यनबारे मौन यी कलाकार


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– आर्यन खान मामलामा बलिउडका कैयौं स्टारले अभिनेता शाहरुख खानको खुलेर समर्थन गरेका छन् । यद्यपि कैयौं यस्ता स्टार छन्, जो शाहरुखका विशेष साथी छन् । तर पनि उनीहरु आर्यन मामलामा मौन नै छन् ।

अभिमेनता अमिताभ बच्चन आर्यन मामलामा अहिलेसम्म मौन नै छन् । शाहरुख अमिताभलाई आफ्नो पिता समान मान्छन् । तर शाहरुखका छोरा आर्यनको मामलामा भने अमिताभले मुख खोलेका छैनन् ।

शाहरुखकी मिल्ने साथी तथा अभिनेत्री काजोल हरेक विषयमा आफ्नो भनाई राख्छिन् । तर आर्यन खान लागुऔषध मुद्धामा उनी चुप छिन् । काजोल चुप भएको देख्दा शाहरुख निरास छन् ।

शाहरुखलाई आफ्नो भाई मान्ने निर्माता करण जोहार आर्यन मामलामा मौन छन् । करणले यो मामलामा अहिलेसम्म कुनै भनाई राखेका छैनन् । न त उनले कुनै ट्वीट नै गरेका छन् ।

अभिनेत्री दीपिका पादुकोण शाहरुखको नजिकको साथीका रुपमा परिचित छिन् । यद्यपि दीपिकाले हालसम्म शाहरुख या आर्यन खानको विषयमा कुनै भनाई सार्वजनिक गरेकी छैनन् ।

अभिनेत्री तथा अमिताभ बच्चनकी श्रीमति जया बच्चन आर्यनको विषयमा केही बोलेकी छैनन् । जया र शाहरुखको परिवारबीच घरेलु सम्बन्ध छ । यस्तो अवस्थामा जयाले शाहरुखको समर्थन नगर्दा उनी निरास छन् ।

अभिनेत्री रानी मुखर्जीले अहिलेसम्म आर्यनको मामलामा कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले न त आर्यनलाई समर्थन नै गरेकी छन् ।

अभिनेता शाहरुखको करियरलाई उचाईसम्म पुर्‍याएका निर्माता आदित्य चोपडा पनि यो मामलामा शान्त नै छन् । उनी कुनै कारणले पनि आर्यनको मामलामा आफ्नो भनाई नराख्ने सोचमा छन् ।

शाहरुखकी साथी र कोलकाता नाइट राइडर्सकी को–अनर जुही चावला पनि यो मामलामा शान्त छिन् । उनले आर्यनको मामलामा कुनै कुरा बोलेकी छैनन् ।

शाहरुखका विशेष साथी तथा अभिनेता अभिषेक बच्चनले पनि आर्यन मामलामा मुख खोलेका छैनन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : १४ बजे

एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

बागलुङ– नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच

इरानलाई गलाउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको नयाँ रणनीति

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः वार्ताको टेबलमा

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई

पाउण्ड २०५ पुग्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर