वेष्ट इण्डिजको लगातार हार, दक्षिण अफ्रीकाको पहिलो जित « Khabarhub

वेष्ट इण्डिजको लगातार हार, दक्षिण अफ्रीकाको पहिलो जित


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।

मंगलबार दुबईमा भएको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो । यता, वेष्ट इण्डिजको भने लगातार दोस्रो हार हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

दक्षिण अफ्रीकाको जितमा एडिन मार्क्रमले अविजित रहँदै सर्वाधिक ५१ रनको बनाए । यस्तै भान डेर डुसेनले अविजित ४३ रनको पाली खेले । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका इभिन लेविसले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

किइरन पोलार्डले २६ रन जोड्दा लेन्डल सिमोन्सले १६ रन जोडे ।

यससँगै पहिलो जित निकालेको अफ्रीकाले दुई खेलबाट २ अंक जोड्दै समूह–१ बाट चौथो स्थानमा रहेको छ । यस्तै लगातार दोस्रो खेलमा पराजित वेष्ट इन्डिज पुछारमा रहेको छ । समूह–१ मा एक खेलबाट २ अंक बनाएको इंग्ल्याण्ड शीर्षस्थानमा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ८ : ५५ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले