टी-ट्वान्टी विश्वकप क्रिकेट : नेपाल विश्वकप क्रिकेट छनोट नजिक « Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट : नेपाल विश्वकप क्रिकेट छनोट नजिक


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला टोली ट्वान्टी–२० विश्वकप क्रिकेटको छनोट नजिक पुगेको छ ।

विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गत दुबईमा शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपाल छनोट नजिक पुगेको हो । नेपालको ४ खेलबाट ६ अंक भएको छ ।

नेपालले आफ्नो अन्तिम खेलमा आइतबार यूएईसँग खेल्नेछ । सो खेलमा फराकिलो जित निकाल्न सके नेपाल समुह विजेता बन्दै विश्वकप क्रिकेटका लागि छनोट हुनेछ । यद्यपि नेपालले अन्य खेलको नतिजा पनि कुर्नु पर्नेछ ।

एसियाली छनोटको जारी प्रतियोगितामा नेपालसहित यूएई र हङकङको पनि सम्भावना समान छ । यसअघिका तीनै खेलमा विजयी यूएईको ६ अंक छ भने हङकङको चार अंक छ ।

शुक्रबार नै यूएईले कुवेतसँग र हङकङले भुटानसँग प्रतिस्पर्धा गर्नेछन् । हारले मात्र पनि यूएई र हङकङको आगामी यात्रामा धक्का लाग्नेछ । आफ्नो अन्तिम खेलमा हङकङले कुवेतसँग आइतबार खेल्नेछ । मलेसिया, भुटान र कुवेतको यात्रामा भने पूर्ण बिराम लागिसकेको छ ।

दुबईमा मलेसियाले दिएको ९३ रनको मध्यम लक्ष्य नेपाली महिला टोलीले १० बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टाएको थियो । १६ रन जोड्दा ईन्दु बर्मालाई व्यक्तिगत ४ रनमा गुमाएको नेपालका लागि क्याप्टेन रुविना क्षेत्री र सीता राना मगरले दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

सीता ३० र रुविना २० रनमा रन आउट भए । कविता कँवर पनि १० रनमा आउट भइन् । सरिता मगर १५ र अप्सरी बेगम एक रनमा नटआउट रहे ।

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९२ रनको मध्यम योगफल तयार पारेको थियो ।

इल्सा हल्टरले ३९ रन बनाएको मलेसियाको इनिङ्समा ६ जना ब्याट्सवुमनले भने दोहोरो अंकको स्कोर छुन सकेनन् । मलेसियालाई कम योगफलमा रोक्ने क्रममा शबनम राईले २ तथा रुविना क्षेत्री, कविता कुँवर र सीता राना मगरले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : २५ बजे

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र