एमाले महाधिवेशमा देउवाको प्रस्ताव- मुलुक निर्माणमा मिलेर अघि बढौँ « Khabarhub

एमाले महाधिवेशमा देउवाको प्रस्ताव- मुलुक निर्माणमा मिलेर अघि बढौँ


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि सबै राजनीतिक दलहरूबीच सहकार्य जरूरी रहेको बताएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताउँदै केपी ओलीलाई सहकार्यको हात बढाउन आग्रह पनि गरे ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता दिएको भन्दै उनले सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो पार्टी र सरकारको रणनीति रहेको बताए ।

देउवाले एमाले अध्यक्ष ओलीलाई बधाई दिएका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले हिजो ओलीलगायत धेरै वामपन्थी साथीहरू सँगै जेलमा बसेको स्मरण गर्दै त्यस्तो सम्बन्ध भएकाले लोकतन्त्र संस्थागत गर्न एमालेलाई आग्रह गरे ।

‘सरकार निरन्तर संवाद र छलफलबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छ । मुलुक कोभिडको महामारीका बेला सबै नागरिकलाई खोप दिनु आवश्यक थियो । विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन्छौं । कोभिड न्यूनीकरण भएको छ । आर्थिक अवस्था राम्रो हुँदै गएको छ,’ प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ६ महिनापछि मञ्च सेयर भएको हो । देउवा प्रधानमन्त्री भएपछि ओलीसँगको संवाद ठप्प भएको थियो । तर, एमालेको महाधिवेशनमा देउवा र ओली सँगै मञ्चमा देखिए । बरु गठबन्धनमा आबद्ध दलका नेताहरू भने सबै सहभागी भएनन् ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ०२ बजे

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार

तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको

अमेरिकाको टेक्सासमा बारभित्र गुण्डागर्दी, नेपाली मूलका चार युवाविरुद्ध गम्भीर आक्रमणको मुद्दा

काठमाडौं/टेक्सास- अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङ सहरमा रहेको एक रेस्टुरेन्ट तथा

सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि