श्रीलंकाविरुद्ध जित्नै पर्ने दबावमा नेपाल « Khabarhub

श्रीलंकाविरुद्ध जित्नै पर्ने दबावमा नेपाल


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार श्रीलंकाविरुद्ध खेल्दैछ ।

सेमिफाइनलामा स्थान बनाउन जित्नै पर्ने दबाबबीच नेपालले बिहान सवा ११ बजे सारजाहमा श्रीलंकाको चुनौती सामना गर्नेछ ।

पहिलो खेलमा नेपाल बंगलादेशसग १५४ रनले पराजित भएको थियो । श्रीलंकाले भने पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो ।

नेपालको युवा टोलीले श्रीलंकासँग हालसम्म ५ पटक खेलेको छ । २००८ यता २०१९ सम्म आईपुग्दा पाँचै खेलमा श्रीलकाले नेपाललाई पराजित गरेको छ ।

जारी प्रतियोगितामा समूह ‘बी ’मा दुई खेलमा शत प्रतिशत नतिजा ल्याएको बंगलादेश चार अंकसहित शीर्ष स्थानमा छ । एक खेलमा दुई अंक बटुलेको श्रीलंका दोस्रो स्थानमा छ । एक खेल खेलेको कुवेत र दुई खेल खेलेको नेपालले अंक खाता खोलेका छैनन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसैले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई श्रीलंकाविरुद्ध जितको विकल्प छैन ।

समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतको सामना गर्नेछ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ५५ बजे

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला