धार्मिक मान्यता : शनिबार यी ३ कुरा देख्दा शुभ हुन्छ « Khabarhub

धार्मिक मान्यता : शनिबार यी ३ कुरा देख्दा शुभ हुन्छ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिबारलाई हिन्दू धर्मालम्बीहरु हनुमानजीका साथै न्यायका देवता शनिदेवको दिनका रुपमा मान्दछन् । त्यसैले हिन्दूहरु शनिवार कुनै गल्ती गर्नबाट बच्दछन् ताकि हनुमानजीका साथै शनिदेव कृपा बनिरहोस् । शनि र शनिवारलाई मानिसहरु त्यति शुभ मान्दैनन् ।

अधिकाशं मानिस यस दिन र शनि देवतासंग डराउने गर्दछन् । तर शनिदेव केवल ति मानिसलाई मात्र सजाय दिन्छन् जो दृष्ट छ र जसबाट गल्ती हुन्छ । अन्यथा गरीब र वृद्धसंग दयाभाव राख्ने र सहयोग गर्ने मानिस उपर शनिदेवको कृपा रहने धार्मीक मान्यता छ । साथै हनुमानजीका भक्त उपर शनिदेवबाट कुनै प्रकारको कष्ट नहुने मान्यता छ । त्यसैले शनिबार हिन्दूहरु शनिका साथै हनुमानजीको आराधना गर्दछन् ।

धार्मिक मान्यता अनुसार शनिवारका दिन सबेरै बिहान यी ४ चिज देख्नु शुभ मानिन्छ । यदि निम्न ४ चिज बिहानै देखेमा शनिवार शुभ हुने र शनिदेवको कृपा रहने मान्यता छ ।

१. निर्धन व्यक्ति
ज्योतिषशास्त्र अनुसार शनिबार सबेरै निर्धन व्यक्ति वा भिखारी घर वा ढोकाको सामुन्ने वा सडकमा हिड्दै गरेको देखेमा यसलाई शुभ संकेत मानिन्छ । शनिवारका दिन यस्ता व्यक्ति ति स्थानमा देखेमा दान दिई उनिहरुको मद्दत गर्नुपर्ने धार्मीक मान्यता छ । यसो गर्नाले शनिदेव प्रसन्न हुने र भाग्य बदलिने गर्दछ । तर यदि शनिवार भूलेर पनि कुनै गरीब वा भिखारीको निरादर गरे वा क्षमता भएर पनि सहयोग नगरेमा शनिको प्रकोप सामना गर्नुपर्ने धार्मीक विश्वास रहेको छ ।

२. सफाई कर्मचारी
यदि शनिबारका दिन बिहानै सडकमा सफाई कर्मचारी कुचो लगाउदै गरेको देखेमा यसलाई पनि शुभ संकेत मानिन्छ । यस्तोमा ति सफाइ कर्मचारीले ग्रहण गर्न मानेमा केहि धन वा कालो रंगको कपडा दिनु शुभ मानिन्छ । तर यसले उनिहरुको आत्मसम्मानमा ठेस भने पुग्नु हुदैन । यदि यसरी दान गर्न सकेमा शनिदेवको कृपा रहने र जुन कार्यकालागी घरबाट निस्कनु भएको हो सो कार्यमा सफलता प्राप्त हुने धार्मीक मान्यता छ ।

३. कालो कुकुर
शनिवारको दिन कालो कुकुर देख्नु अत्यन्त शुभ मानिन्छ । यो शुभ र मंगलकारी समयको संकेत हो । कुकुर शनिदेवको वाहन हो । यस्तोमा शनिवार कालो कुकुर देखिएमा तेल वा घिउमा पकाएको रोटी वा बिस्कुट जुठो नपारी ति कुकुरलाई ख्वाएमा केवल शनिदेव मात्र होइन राहु केतु पनि प्रसन्न हुने धार्मीक मान्यता छ । यस दिन भुलेर पनि कालो कुकुरलाई नपिट्नु होला ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ५७ बजे

चुनाव नजिकिँदै गर्दा संस्थापक नेताहरूले छाड्न थाले रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पक्षमा चुनावी लहर आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज– बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका