पूर्वपर्यटनमन्त्री स्व अधिकारीको स्मरण « Khabarhub

पूर्वपर्यटनमन्त्री स्व अधिकारीको स्मरण


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फागुन १५ गते अर्थात आजैका दिन हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवङ्गत भएका थिए ।

यो दिनलाई स्मरण गर्दै आज स्व अधिकारीको जन्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी उनको योगदानको स्मरण गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ट्वीटमार्फत दिवङ्गत भएका अधिकारीसहितका व्यक्तिप्रति आज दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गरेको छ ।

क्यानका महानिर्देशक राजन पोखरेलले ट्वीट पोष्ट गर्दै हेलिकप्टर दुर्घटनामा पर्ने तत्कालीन मन्त्री अधिकारीसहित अन्य विशिष्ठ व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गरेका छन् ।

विसं २०७५ फागुन १५ गते ताप्लेजुङ्को फुङ्लिङस्थित सिस्नेभिरमा घटेको दुःखद् हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री स्व अधिकारीसहित सरकारी उच्च अधिकारी तथा पर्यटन क्षेत्रका विशिष्ठ व्यक्तिको निधन भएको थियो ।

एयर डाइनेष्टीको नाइन एन एएमआई एएस ३५० बि थ्रीइ कलसाइनको हेलिकप्टर तेह्रथुमको चुहानडाँडामा औपचारिक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नपाको तारेडुङ्गा सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारीसहित क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : १७ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा