महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग « Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण अफ्रिकाबाट फर्केर गान्धी केही दिन शान्ति निकेतनमा बसे । काका कालेक पनि सँगै थिए । राति उनीहरु सँगै बसेर धेरै कुरा गरे । बिहान उठेर दुवैले सँगसँगै प्रार्थना गरे । काका अरु मानिसँग काममा गए ।

नास्ताको समयमा फर्किंदा थालीमा नास्ता र फल राखिएको देखेर काकाले सोधे— यो कसले गर्‍यो ?

मैले । गान्धीले उत्तर दिए ।

काकाले अप्ठ्यारो मान्दै भने— तपाईंले यस्तो किन गर्नुभयो ? तपाईंहरु काम गर्ने र हामी बसी बसी खाने, यो उचित होइन ।

गान्धी मुस्कुराउँदै भने— तिमीहरु सबै यसका योग्य छौ । तिमीहरु काममा गएका थियौ । नास्ता गरेर फेरि जानेछौ । मलाई फुर्सद थियो । त्यसैले मैले तिम्रो समय बचाइदिएँ ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : ४० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा