सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौँ, धेरै दिन कुर्न सक्दिँन : प्रचण्ड | Khabarhub Khabarhub

सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौँ, धेरै दिन कुर्न सक्दिँन : प्रचण्ड

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्ने सोचेका थियौँ


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने बताएका छन् ।

आज नागरिक समाजले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै प्रचण्डले केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

समर्थन फिर्ता नलिन धेरै दबाब आएको भन्दै उनले अब आफूले राजनीतिक र नैतिक रुपमा धेरै दिन कुर्न नसक्ने बताए । उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाब छ । नलिनू है भनिरहेका छन्। समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन् । अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ।’

राजनीतिक दलहरूबीच सहमति गरी अघि बढ्ने योजना रहेको पनि उनले बताएका छन् । दलहरुबीचको सहमतिपछि समर्थन फिर्ता गर्ने वा सँगै अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न केही समय लागेको उनले बताए ।

अहिले प्रधानमन्त्रीको खेल प्राप्त उपलब्धी उल्ट्याउने गरी भइरहेको पनि प्रचण्डले आरोप लगाए । उनले भने, ‘विगतमा जे परिर्वतन भए त्यसलाई उल्टाउन यो नियोजित रुपमा आएको हो भन्ने मलाई लागेको छ। हामी सबै आनदोलनमा आएको हो। सेटिङ भएको छ भनेर प्रधानमन्त्रीका मानिसले भन्दै आएका थिए । जनताले अगाडी आएपछि भत्कन्छ भनेर मैले भनेको थिए। हामी जनता एक भएर अघि बढ्यो त्यो सेटिङ भत्क्यो। यही कारण पुनःस्थापना भयो ।’

प्रतिनिधि सभा पुनर्स्थापना पछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने आफूहरूलाई लागे पनि त्यसो हुन नकसेको उनको भनाइ छ।

प्रचण्डले भने, ‘पुनःस्थापना भएपछि पधानमन्त्रीले राजीनामा दिनु हुने सोचेका थियौँ। हामी सजिलै यो ब्याटल जितेको भनी रिल्याक्स गरेका थियौ। दोस्रो योजना हामीले नबाएकै हो। यो सबै परिर्वतन उल्टाउने षड्यन्त्र भएको छ। हामीले जे सोचेका थियौ त्यो भएन।’

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : २७ बजे

बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’

काठमाडौं– नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री

बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीनजना मन्त्री नियुक्त गरेका

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो